आजदेखि सार्वजनिक यातायात बन्द

२६ श्रावण २०६९, शुक्रबार ०६:४५ मा प्रकाशित

काठमाडौं, २६ साउन । यातायात व्यावसायी र सरकारबीचको वार्ता असफल भएको छ । बिहिबार राती साढे दश बजेसम्म भएको वार्ता विफल भएपछि यातायात व्यवसायीले आजदेखि सार्वजनिक यातायात पूर्ण रुपमा ठप्प पार्ने अडान कायम राखेका छन् ।
बिहिबारको बैठकमा भौतिक योजना, निर्माण तथा यातायात व्यवस्थामन्त्री हृदयश त्रिपाठीसंग नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघबीच सांझ ८ बजेदेखि वार्ता सुरु भएको थियो । वार्तापछि महासंघका महासचिव डोलनाथ खनालले सरकारले आफूहरुको मागलाई सम्बोधन गर्न नचाहेको आरोप लगाए । वार्ता सरकारकै कारण असफल भएकोले आन्दोलन जारी रहने उनले बताए । आज शुक्रबार दिउंसो २ बजे पुनः वार्ता हुने पनि उनले जानकारी दिए ।
ट्राफिक प्रहरीलाई प्रत्यायोजन गरिएका थप अधिकार खारेज गर्नुपर्ने, ट्राफिक जरिवानामा सरकारबाट दिएको कमिसन रकमसम्बन्धी निर्णय खारेज गर्नुपर्ने लगायतका माग राखी सार्वजनिक यातायात ठप्प पार्ने आन्दोलनको घोषणा व्यवसायीले गरेका हुन् । सवारी साधन ग्यारेजमा थन्क्याएर व्यवसायी र मजदूरहरु माग पूरा गराउन दबावस्वरुप सडक आन्दोलनमा उत्रने चेतावनी उनीहरुको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार