तीस वर्षभन्दा कमका महिला कामदारलाई खाडी मुलुक जान रोक

२६ श्रावण २०६९, शुक्रबार ०६:४२ मा प्रकाशित

काठमाडौं, २६ साउन । नेपाल सरकारले ३० वर्षभन्दा कम उमेरका महिलालाई मध्यपूर्वका देशहरुमा काम गर्न जानमा रोक लगाएको छ । त्यहां काममा लगाइएका युवतीहरुको यौन शोषण गरिएका थुप्रै घटनाहरु प्रकाशमा आएपछि सरकारले त्यस्तो निर्णय लिएको हो ।
खाडी मुलुकहरुबाट फर्किएका कैयन महिलाहरुले आफूहरु यौन दुव्र्यवहार, शारीरिक यातना तथा समयमा तलब नपाउने जस्ता समस्याहरुबाट प्रताडित भएको बताउने गरेका छन् । १८ महिनाअघि नेपाल सरकारले माहलाहरुलाई खाडी मुलुकहरुमा काम गर्न जान लगाइएको १२ वर्ष पुरानो रोकलाई हटाइदिएको थियो । कुवेतमा दुव्र्यवहारको शिकार बनेकी एकजना महिलाले आत्महत्या गरेपछि सरकारले खाडी मुलुकमा महिलाहरुलाई जान रोक लगाएको थियो भने पछि यस्तो प्रतिबन्ध फुकुवा गरिनु पर्छ भन्ने आवाज तिब्र रुपमा उठ्न थालेपछि महिला कामदारका लागि खाडी मुलुकको गन्तव्य खुला गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका