सडकका पेटमा लुकेको षड्यन्त्र- अनिल शर्मा ‘विरही’

१ चैत्र २०६८, बुधबार १०:११ मा प्रकाशित

एकजना अमेरिकी कूटनीतिज्ञले ‘आफ्नो देशको हितका लागि शत्रु देशसँग गरिने झूठो कार्य नै कूटनीति हो’ भनेका थिए। कूटनीतिको प्रधानपक्ष आर्थिक प्रश्नमा केन्द्रित भएको आजको विश्वमा सडक मह140वपूर्ण पक्ष बन्न गएको छ। सडक निर्माण र विस्तार सामरिक प्रश्नमात्र रहेको छैन। चिनियाँहरु नेपालको सीमानामा भीमकाय सडक र रेल सेवा विस्तार गर्न र त्यसलाई नेपालका उत्तरी घाँटीहरु चिरेर दक्षिण भारतसम्म विस्तार गर्न चाहन्छन्। चीनको त्यो चाहनालाई भारतले आफ्नो सामरिक खतराको घन्टीका रुपमा बुझेको छ। भारतले ती सडक सञ्जालले आफ्ना अर्थतन्त्रमा अतिक्रमणको खतरा देखेको छ। त्यसैकारण २०१६ सालमै बिपी कोइरालाद्वारा शिलान्यास गरिएको बनेपा(बर्दिवास सडक चार दशकसम्म बन्न सकेन। कोटेश्वर(सूर्यविनायक ६ लेनको सडक विस्तारमा भारतीय दबाव झेल्न नेपाललाई हम्मेहम्मे पर्‍यो। त्यो सडक खासासम्म फराकिलो गरियो भने सामरिक खतरा हुने ठानेको भए पनि गाँठी प्रश्न चिनियाँ उत्पादनको खतरा हुनसक्छ। उता, भारत काठमाडौंसम्म रेलसेवा विस्तार गर्न चाहन्छ। भारतले नेपालको सीमानामा पूर्व(पश्चिम लामो र इतिहासमै ठूलो सडक निर्माण गर्दै छ। त्यो सडकलाई नेपालको त कुरै छाडौं चीनले समेत भारतीय प्रभाव विस्तारको रुपमा सतर्कतापूर्वक हेरिरहेको बुझिन्छ। उत्तराञ्चल, उत्तरप्रदेश, विहार, पश्चिमबंगाल हुँदै पूर्वोत्तर राज्यसम्म गोमन सर्पझैं लमतन्न फैलिएको नयाँ सडक योजनालाई नेपालसँग एकातिर लिंक सडकमार्फत् जोड्ने र नेपालको तराईका सीमाक्षेत्रमा आफ्नै लगानीमा पूर्वपश्चिम सडक विस्तार सुरु गर्ने भारतीय ध्येय छ। ठोरी, माडी, जगतपुर हुँदै नवलपरासीबाट त्रिवेणी जोड्न सडकको रुट परिवर्तन गर्ने सरकारी निर्णयपछि यो विषय फेरि बहसमा आएको छ।

मंसिर २८ गते भौतिक योजना तथा निर्माण मन्त्रालयले प्रस्तावित सडकको रुट परिवर्तन गरेर मानवबस्तीरहित वनक्षेत्र विनाशसहित नयाँ रुट निर्धारण गरेको समाचारले देश तरंगित भएको छ। त्यसको कारण के हो? मन्त्रालयले आर्थिक वर्ष २०६८/६९ मा उक्त सडक निर्माणको घोषणा गरेको थियो। सडक जनताका लागि हो। त्यसैले सडक लामो या छोटो? मुख्य प्रश्न होइन। मुख्य प्रश्न त त्यसले जनताको हित कति गर्छ भन्ने हो। जनहितकारी रुट कायम राखेर सडक छोटो गर्न सकिन्छ भने त्यसतर्फ सोच्न सकिन्छ। रुट नै परिवर्तन गरी लामो र छोटो बहस नै गलत छ। नारायणघाटबाट काठमाडौं पुग्ने सडक रद्द गरेर हेटौंडाबाट काठमाडौं जोड्ने सडक छोटो हुन्छ भन्नु मूर्ख मनुवाहरुको भँडुवा तर्क मात्र हो।

माडीबाट राष्ट्रिय निकुञ्ज फँडानी गरी नारायणीको किनारैकिनार त्रिवेणी पुर्‍याउने योजनाले चितवन राष्ट्रिय निकुञ्जको सर्वनाश गर्नेछ। किनकि त्यो क्षेत्र जैविक विविधताका दृष्टिले निकै संवेदनशील क्षेत्र हो। सौराहा प्रवेशद्वार र हात्ती प्रजनन केन्द्रमा चरन अतिक्रमणका कारण एकसिंगे गैंडा पछिल्ला केही वर्ष निकुञ्जको पश्चिम क्षेत्रमा केन्द्रित भइरहेको विज्ञहरु बताउँछन्। सो नयाँ सडक रुट त्यही क्षेत्र हुँदै जान्छ। जगतपुर(वनकट्टा (माडी) पुरानो सडकले निकुञ्जलाई ठूलो नकारात्मक असर गरेकै छ। गतवर्ष अर्थमन्त्री रहँदा सुरेन्द्र पाण्डेले ठोरीबाट निकुञ्जको कम्मर चिरेर पदमपुर हुँदै भण्डारा(फिस्लिङ सडक निर्माण गर्ने प्रयास गर्दा चितवनबासीले प्रतिरोध गरेपछि तुहिएको थियो। अहिले माडी क्षेत्रलाई चितवनबाट अलग गर्ने र समग्र तराईलाई एउटै प्रदेश बनाउने भित्री आशय र उपादेयताका कारण मन्त्री हृदयेश त्रिपाठीले नयाँ प्रयास थालेका छन्। विश्वसम्पदा सूचीमा परेको चितवन राष्ट्रिय निकुञ्जभित्र होटल सञ्चालन भइरहेका छन्। निकुञ्जमा निजी हात्ती प्रवेश गराउने मन्त्रीस्तरीय निर्णय जनदबावका कारण कार्यान्वयन हुनबाट मात्र रोकिएको छ। निकुञ्ज लुछिरहेका कतिपय नीति निर्माता र व्यापारीरुपी ब्वाँसाहरुका विरुद्ध जनता सचेत नहुने हो भने निकट भविष्यमा चितवन राष्ट्रिय निकुञ्जको मृत्यु निश्चित छ।

निर्णय भइसकेको सडकको रुट परिवर्तन गर्नका लागि मन्त्रिपरिषद्को निर्णय आवश्यक छ। तर, मन्त्री त्रिपाठीले मन्त्रालयस्तरको निर्णयबाटै रुट परिवर्तन गरेका छन्। त्यसैले त्यो निर्णय लागू गर्न मिल्दैन। निकुञ्जभित्र भौतिक संरचना निर्माण गर्दा त्यसपूर्व नै वातावरणीय प्रभाव मूल्यांकन हुनुपर्छ। त्यसका लागि वन तथा भूसंरक्षण मन्त्रालयको स्वीकृति लिनुपर्छ। सो सडकले सामुदायिक वन अतिक्रमण गर्ने भएका कारण स्थानीय उपभोक्ताहरुको स्वीकृति अर्को सर्त रहन्छ। यी कुनै प्रक्रिया पूरा नगरिएका कारण त्रिपाठीको सो निर्णय नेपालको प्रचलित कानुनविपरीत, विधि(प्रक्रियाको विरुद्ध, गैरप्रजातान्त्रिक र राष्ट्रघाती(जनघाती देखिन्छ।

चितवन र त्यसको सेरोफेरोलाई समेटेर नारायणी स्वायत्त प्रदेशका रुपमा छुट्टै प्रदेश प्रस्तावित गरिएको छ। पुनर्संरचनाका सन्दर्भमा १४ प्रदेशमा सो क्षेत्र प्रस्तावित भइसकेको स्थिति छ। प्रस्तावपछि माडी क्षेत्रलाई चितवनबाट अलग गरेर मधेस प्रदेशमा पार्ने अर्काे निर्णय हुँदा माओवादी पार्टी चितवनको नेतृत्वमा त्यसका विरुद्ध दबाव परेको थियो। त्यही निर्णय थोपर्ने मनसायले अहिले फेरि सडकको रुट परिवर्तन गर्न खोजिएको छ। यसले माडी क्षेत्रलाई चितवनसँग पृथक गरेर भोजपुरा र अवधसँग जोड्दछ। भौतिकरुपले नै त्यसप्रकारको अवस्था सिर्जना गरेपछि भावनात्मक र राजनीतिक रुपले समेत समग्र मधेस, एक प्रदेश बनाउन सहज हुने अनुमान गरिएको हुनसक्छ। तराईका सामन्त संलग्न भारतपरस्त पार्टीहरुको प्रभाव चितवनमा शून्य भएको कारण भारतीय विस्तारवादको मधेस र पहाड पृथक गर्ने षड्यन्त्रमा चितवनले साथ नदिएको कारण पनि त्यो रुट बनाउन खोजिएको छ। चितवन मधेसमा तोडफोड हुँदा या दक्षिणतिरको नाका बन्द हुँदा काठमाडौं र पहाड जोड्ने एकमात्र भरपर्दो विकल्प हो। चितवनको ठोरी हुँदै नारायणगढ, त्रिशुली, रसुवागढी सडक सबैभन्दा छोटो हुन्छ। रसुवागढी सडक बनिरहेको, भन्सार विस्तार भइरहेको स्थितिमा अनौपचारिक भन्सार ठोरीमै नाका खोल्नुपर्ने देखिन्छ। नयाँ रुटले त्यो योजनालाई निस्त्रि्कय बनाउने छ। तसर्थ, रसुवागढी(ठोरी गरी दुई देशका दुई नाका निस्त्रि्कय पार्ने भारतीय प्रभाव पनि यहाँ परेको देखिन्छ। त्यसैले राष्ट्रिय अर्थतन्त्र र सामरिक दृष्टिले समेत नयाँ रुट गलत र राष्ट्रहितविरुद्ध छ।

राष्ट्रघाती चार बुँदे सहमतिको जगमा बनेको सरकार सत्ताका लागि जे पनि गर्न तयार छ भन्ने चर्चा हुँदै आएको छ। मधेसमा क्रियाशील सामन्त र दलाल पुँजीपतिहरुको प्रतिनिधि दलहरुले प्रभुहरुको इशारामा एकपछि अर्को राष्ट्रघात गर्दै गइरहेका छन्। त्यसैको पछिल्लो राष्ट्रघाती कदमका रुपमा ठोरी, माडी, जगतपुर, गोलाघाट हुँदै नारायणी नदी तरेर त्रिवेणीसम्मको सडकको रुट परिवर्तन गरी वनकट्टाबाट निकुञ्ज फाँडेर नारायणी नदी किनारैकिनार त्रिवेणी रुट प्रस्ताव गरिएको छ। त्यसैले त्यसप्रकारको राष्ट्रघाती(जनघाती कदमको प्रतिरोध गर्न आवश्यक छ।

प्रतिक्रिया
सम्बन्धित खवर

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका

जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी मायाकुमारी विष्टको कक्षा ८ मा पढ्दा पढ्दै सामाजिक सञ्जाल फेसबुकमा एक युवकसँग चिनजान भयो ।

विगतमा घैयाको भाउमा जाने अदुवाले अहिले राम्रै मूल्य पाउन थालेपछि कर्णालीका अदुवा किसान मख्ख छन् । प्रतिकिलो रु पाँच–१० मा

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मृगेन्द्र शिखरबाट राजधानीको सभ्यताको स्रोत वाग्मती प्रकट भएको छ । यो स्थल अहिले गोकर्णेश्वर नगरपालिकाको भौगोलिक