
फ्लोरिडा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, फ्लोरिडा च्याप्टर अन्तर्गत ज्याक्सन्भिल पाठशाला गत ०३ जुन, २०१२ मा समुद्घाटन भए पस्चात प्रत्येक महिना ह्यानकक बैंकको भवनमा पहिलो कक्षा जुन २४ मा, दोस्रो कक्षा जुलाई ८ मा र तेस्रो कक्षा अगस्ट ५ मा नेपाली राष्ट्रिय गीत, सरस्वती बन्दना, योगा र पाठ्ठ्यक्रम अनुसारको लेखाई पढाई गरी अती सफलता पूर्वक सम्पन्न भईरहेको छ।
सबै बाल बालिकाहरु, अभिभाबकहरु अनी सम्पूर्ण शुभचिन्तकहरु समेतको सद्भाब, सहयोग र उपस्थितिले गर्दा पाठशालाको कार्यक्रमहरु सफल हुन सकेको हो। यही पाठशालाको माध्यम बाट नै हाम्रा बाल बालिकाहरुले अनुशासन, हाम्रो मातृ सँस्कृति, परम्परा, रितिरिवाज, रहनसहन, चाडपर्ब, कला, संगीतका कुराहरु पनि बिस्तारै सिकदै जानेछन, बिना शुल्क मासिक रुपमा ज्याक्सन्भिल पाठशालाको लागि ह्यानकक बैकको भवन उपलब्ध गराइ सहयोग गरी दिनु भएकोमा राज अधिकारि ज्यु लाई र पाठशालामा प्रत्यक्ष्य तथा अप्रतक्ष्य रुपमा सहयोग गर्नु हुने सबै बाल बालिकाहरुलाई, शिक्षक शिक्षिकाहरुलाई, अभिभाबक तथा शुभ चिन्तकहरुलाई र च्याप्टरको ज्याकसन्भिल क्षेत्रका क्षेत्रिय उपाध्यक्ष तथा यस क्षेत्रका पाठशाला सम्योजक श्री पूर्णमान श्रेष्ठ ज्यु लाई अनेसास, फ्लोरिडा च्याप्टर हार्दिक धन्यवाद टक्र्याउँदछ।
आगामी दिनहरुमा पनि सफलताको कामना सहित,
धन्यवाद
भबदिय
कृष्ण श्रेष्ठ
अध्यक्ष
अनेसास, फ्लोरिडा च्याप्टर
प्रतिक्रिया
सम्बन्धित खवर
वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको
काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो
जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार । विद्रोह चेत बोकेर कविता लेख्ने
काठमाडौं । विशिष्ट व्यक्तिका मुहारलाई क्यान्भासमा सजाउने दोस्रो संस्करणको पहिलो अवसर गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेलाई जु¥यो ।