प्रधानमन्त्रीलाई लगादिन ल्याएको माला इँटालाई

२५ श्रावण २०६९, बिहीबार १८:०९ मा प्रकाशित

काठमाडौं साउन २५ । नेपालअपाङ मुक्ति समूहले प्रधानमन्त्री डा. बाबुराम भट्टराई भेटेर लगाउन ल्याएको फुलमाला इँटालाई लगाईदिएर घर फर्केका छन् ।
प्रधानमन्त्री डा. बाबराम भट्टराईलाई भेटी ज्ञापन पत्रमार्फत आप्ना माग बुझाउन आएका नवलपरासीका एक दर्जन अपाङहरुलाई प्रधानमन्त्रीले समय दिन नचाहेपछि उनीहरुले प्रधानमन्त्रीलाई लगाउन ल्याएको फुलमाला इँटालाई लगाईदिएर घर फर्केका हुन् ।
आज राजधानीमा पत्रकार सम्मेलनगर्दै नेपाल अपाङ मुक्ति समूहका अध्यक्ष भूपराज भूर्तेलले भने– हामीले तीनदिनदेखि प्रधानमन्त्रीलाई भेट्न कोसिश ग¥यौं तर, हामीलाई भेट्नै चाहनु भएन प्रधानमन्त्रीको मन इँटा, ढुंगा भन्दा कठोर रहेछ त्यसैले इँटालाई मालालगाई घर फर्कदै छौं ।
उनले भने– हामीलाई कहिले बालुवाटार त कहिले सिंहदरबार पठाईयो, यतीमात्र होईन पार्टी कार्यालयबाट पत्र पठाउँदासमेत प्रधानमन्त्रीले हामीलाई भेटदिन चाहनुभएन ।
कोषाध्यक्ष ठाकुर चापागाईँले भने–तीन दिन काठमाडौं दुःख कष्ट हुँदै गएको छ । व्हीचचियरबाट ओर्लन नसक्ने साथीहरु विरामीपर्न थाल्नु भोहामीलाई प्रधानमन्त्रीसँग भेट्न समय मिलाई दिनोस् भनेर पिए विश्वदिप पाण्डेलाई आग्रह ग¥यौं उनले एक महिनादेखि प्रधानमन्त्रीलाई भेट्ने मान्छेहरुको लाईन छ, अहिले समय छैन भन्दै दुव्र्यवहार गरे ।
नेपालअपाङ मुक्ति समाजका एक दर्जन पदाधिकारीहरु अपाङलाई दिएको परिचयपत्र खारेज गरी पूरानै ढाँचाको हुनुपर्ने, शिक्षा माअपाङहरुका निम्ति अपाङ मैत्रिक विद्यालय र छात्रवृत्तिको व्यवस्थाहुनुपर्ने, स्वास्थ्यानिःशुल्कहुनुपर्ने, अपाङहरुको प्रकृति र क्षमताअनुसार रोजगारीको व्यवस्था हुनुपर्ने, यातयातमा भाडा ६० प्रतिशत छुटको व्यवस्था हुनुपर्ने, अपाङ भत्ताप्रकृति हेरी १००० देखि ५००० हजार सम्महुनुपर्ने, अपाङहरुलाई विनाधितो ऋण उपलब्ध गराउनुपर्ने जस्ता ११ सूत्रीय माग सहित नवलपरासीदेखि काठमाडौं आएको थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भारतले नेपाललाई १.७ लाख टन युरिया र डायमोनियम फोस्फेट (डीएपी) मल सहयोग गर्ने भएको छ । टाइम्स अफ

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै

नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ । विश्व उच्च रक्तचाप दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले यहाँ

बलेवा । बागलुङको बडिगाड गाउँपालिका–१ का ५३० घरमा एउटै आयोजनाको भर परेर पानी खानुपर्छ । त्यो पनि १२ किमी परको

आजको प्रमुख समाचार