प्रधानसेनापतिको कार्यभार गौरब शम्शेरलाई

२५ श्रावण २०६९, बिहीबार १८:०३ मा प्रकाशित

काठमाडौ, २५ साउन । बलाधिकृत रथी गौरवशमशेर जबराले आजदेखि प्रधानसेनापतिको कार्यभार सम्हालेका छन् । । सैनिक मुख्यालय जंगी अड्डामा दिउँसो एक कार्यक्रमकाबीच प्रधानसेनापति छत्रमानसिंह गुरुङले जबरालाई कार्यभार सुम्पेका हुन ।
कार्यकाल सकिनु एक महिना अघि बिदा बस्ने र कार्यभार सुम्पने परम्परा अनुसार नै प्रधानसेनापति गुरुङले जबरालाई कार्यभार हस्तान्तरण गरेका हुन । प्रधानसेनापति गुरुङ शुक्रवारदेखि बिदामा बस्दै छन्  जवरालाई गएको १७ गतेको मन्त्रिपरिषद्को बैठकले भोलिदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिमा नियुक्त गरेको थियो ।
सैनिक प्रवक्ता रमीन्द्र क्षेत्रीका अनुसार शुक्रवारदेखि कायममुकायम प्रधानसेनापतिमा जबरा रहनुहुने र प्रधानसेनापति गुरुङले भदौ २४ गते अवकाश पाएपछि जबराले पूर्ण रुपमा यो कार्यभार सम्हाल्नुहुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । फेला परेकोमा काठमाडौँ उपत्यकामा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही