तत्काल राजीनामा दिन्न : प्रधानमन्त्री

२५ श्रावण २०६९, बिहीबार १७:०८ मा प्रकाशित

काठमाडौं, २५ साउन । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभाबाट संघीयता सहितको संविधान जारी गर्ने सुनिश्चिता नभएसम्म आफुले पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन् ।
१८ औं विश्व आदिवासी दिवसमा आदिवासी जनजाति महासंघले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री भट्टराईले आफू उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका जनताको हक अधिकारको निम्ति लड्दै आएको व्यक्ति भएको ति समूदायको अधिकार सुनिश्चित नभएसम्म आफुले राजीनामा नदिने बताए । उनले भने, ‘म जिन्दगीभर उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका जनताको हक अधिकारको निम्ति लड्दै आएको व्यक्ति हुँ र ती अहम् मुद्धालाई छोडेर भाग्ने कुरा आउदैन ।’

भट्टराईले राज्यको अग्रगामी पुनर्संरचना गर्ने राष्ट्रिय एजेण्डालाई ओझेलमा पार्दै सरकार परिवर्तन गर्ने कुरामा मात्र राष्ट्रिय राजनीतिलाई कैद गर्न खोजिनु विडम्वनापूर्ण भएको बताए । संघीयता पक्षधर र विरोधीहरुवीचको संघर्षका कारण संविधानसभाको अवसान भएको भन्दै उहाँले जनताको संविधान निर्माण गर्न जननिर्वाचित संविधानसभाको विकल्प नरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार