कांग्रेस अघि नबढे एमाले बढ्छ : पोखरेल

२५ श्रावण २०६९, बिहीबार १७:०१ मा प्रकाशित

काठमाडौं, २५ साउन । राष्ट्रिय सहमतिय सरकारको नेतृत्वका लागि नेपाली कांग्रेस अघि नबढे एमाले अघि बढ्ने र सरकारको नेतृत्व गर्ने एमाले महासचिव ईश्वर पोखरेलले एमालेले बताएका छन् । एमालेले सरकारको नेतृत्वमा गर्नेमा लालचा राखेको त छैन तर, कांग्रेसले आँट गदैन भने एमाले अघि बढ्छ, पोखरेल भने ।
नेपाल खेलकुद महासंघको कोसी अञ्चल प्रशिक्षणमा आज धनकुटामा आयोजित कार्यक्रममा महासचिव पोखरेलले सरकारको नेतृत्वका लागि आन्तरिक विवाद मिलाउन कांग्रेसलाई आग्रह समेत गरे ।
बाबुराम भट्टराई नेतृत्वको सरकार बेकामे बन्दै गएपछि राष्ट्रपति क्रियाशिल बन्दै गएको पोखरेलको भनाई थियो । केहि दिन अघि राष्ट्रपतिसँगको भेटको प्रसंग जोड्दै पोखरेलले भने, ‘राष्ट्रपति गम्भीर बन्दा समेत बाबुरामजी कुम्लोकुटुरो बोकेर जाने भन्दै बेतुकका कुरा गर्छन् ।’
पोखरेलले एमालेले जननिर्वाचित जनादेशबाट नयाँ संविधान निर्माण गर्न सकिने निक्र्यौल गरिसकेको उल्लेख गरे । विघटित संविधानसभाले ९० प्रतिशत कार्य गरिसकेको र बाँकी काम निरन्तरता दिन सकिए पनि प्रक्रियागत झमेला हुने भएकोले निर्वाचित संसदले नयाँ संविधान जारी गर्ने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले देशभर दैनिक ११ हजारसम्म कोरोना भाइरस संक्रमित पुग्‍नसक्ने प्रक्षेपण गरेको छ ।मंगलबार स्वास्थ्य पत्रकारहरुसँगको