लोकतन्त्रमा घुर्कीको के अर्थ – श्रीधर शर्मा

१ चैत्र २०६८, बुधबार १०:०४ मा प्रकाशित

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई असफल बनाउन दलका नेताहरूले घेेराबन्दीमा पार्न खोजे पनि शान्ति र संविधानको पूर्णताबिना कुनै हालतमा जिम्मेवारीबाट पछि नहट्ने बताएका छन्। संवैधानिक समितिको आइतबार बसेको बैठकमा प्रधानमन्त्री भट्टराईले उक्त धारणा व्यक्त गरेका हुन्। उनले दलका नेताहरूलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गर्दै ‘काम गर्न पनि नसक्ने, गर्न चाहनेलाई सहयोग पनि नगर्ने’ भन्दै आक्रोश पनि व्यक्त गरे।
‘शान्तिप्रक्रियाको बहाना बनाएर संविधान निर्माणकै कामलाई असफल बनाउन प्रमुख प्रतिपक्षी दलका नेताहरू लागेको’ आरोप लगाउ147दै प्रध्ाानमन्त्री भट्टराईले ‘जस्तो परिस्थिति आए पनि आफू कुर्सीबाट नहट्ने र आफ्नो भूमिकाको मूल्याङ्कन इतिहासले गर्ने’ बताउ147दै ‘आफूले जिम्मेवारी छाडे देशमा विकराल अवस्था आउने’ दाबी गरे।
पटकपटक विवादास्पद अभिव्यक्ति दिएर विवादमा परेका प्रधानमन्त्रीले सोही बैठकमा ‘संविधान निर्माण र शान्तिप्रक्रियाको काम सरकारको भन्दा राजनीतिक दलका नेताहरूको प्रमुख जिम्मेवारी’ भन्दै उम्कन खोजे। डा. भट्टराईले ‘दलका नेताहरूले वातावरण मिलाए आफू सरकारको तर्फबाट जस्तोसुकै भूमिका निर्वाह गर्न तयार रहेको’ बताएर त्यो जिम्मेवारीबाट उम्कने प्रयास गरेका हुन्।
‘शान्ति र संविधान टुङ्गो लगाएर छाड्ने’ ‘काम गर्न नसके कुर्चीमा टा147सिइनरहने’ जस्ता आदर्श छा147ट्ने भट्टराई असफल हु147दै गएपछि अन्य दल र नेताप्रति आक्रोशित हुन थालेका हुन्। सत्ता कति स्वादिलो हु147दोरहेछ भन्ने कुराको उदाहरण हो यो। यसबाट थाहा हुन्छ, भन्न सजिलो छ तर छाड्न गाह्रै पर्छ किनकि ‘जे छ त्यसैमा छ’ र नैतिकताको खडेरी परेको यो मुलुकमा इमानदार नेता पाउन कठिन छ।
सरकार चलाउनु पक्कै सजिलो छैन। हिजो आफंै सत्ताबाहिर रह147दा पनि त बखेडा झिकेर अवरोध सिर्जना गरेकै हो। सबै कुरामा सधंै सहमति हु147दैन नै। त्यसो भएपछि अहिले अरूले चुपचाप हेरिरहुन् भनेर हुने कुरा पनि होइन, राजनीतिमा यस्तो भइरहन्छ। सबैलाई चुप राखेर शासन चलाउन त माओवादीले चाहेको एकतन्त्री सर्वसत्तावादी शासन नै स्थापित हुनुपर्छ। लोकतन्त्रको सुन्दरता भनेकै असहमति, संवाद अनि सहमति हो। असहमति भयो भन्दैमा घुर्की वा आक्रोशले लोकतन्त्रमा काम गर्दैनन्।
वर्तमान सरकारका हरेक निर्णय सर्वोच्च अदालतमा गएर थन्किएका छन्। विधि मिच्ने प्रयत्नका कारण यस्तो अवस्था आएको हो। यी सबका कारक प्रधानमन्त्री हुन्, उनको विधि मिच्ने प्रवृत्ति र कसैको उक्साहटमा विधिविपरीत काम गर्ने स्वभाव नै यसको कारक हो। यसरी कामले सिन्को नभा147च्ने, सरकारप्रमुखको हैसियतले सबैलाई समेट्न प्रयास पनि नगर्ने अनि ‘दलहरूले सहयोग गरेनन्, घेराबन्दीमा पार्न खोजियो’ भन्दै असन्तुष्टि जनाउनु विडम्बना हो।
भट्टराईका कर्मका कारण उनले अहिलेसम्मकै असफल प्रधानमन्त्रीको पगरी गुथ्ने निश्चित भइसकेको छ। गर्लान् जस्ता लागेका तर गर्न नसकेका प्रधानमन्त्रीको रूप्ामा उनी लेखिइनेछन् यसैले उनको भूमिका सकारात्मक रूपमा लेखिएला भन्ने नसोचे हुन्छ। इतिहासमा उनी मुलुकलाई सबैभ्ान्दा अलमल्याउने प्रधानमन्त्रीका रूपमा लेखिइनेछन्। यसबाहेक उनका अन्य कीर्तिमान जस्तो कि सबैभन्दा ठूलो मन्त्रिमण्डल गठन गर्ने प्रधानमन्त्री, मितव्ययिताको नाममा मुस्ताङ चढ्नेे तर भोजभतेर र भ्रमणमा ठूलो खर्च गर्ने आडम्बरी तथा भ्रष्टाचारमा मुछिएका र आपराधिक पृष्ठभूमिका व्यक्तिहरू सम्मिलित मन्त्रिमण्डलका नेतृत्वकर्ताका रूपमा पनि उनलाई इतिहासले लेख्नेछ। यसैले योभन्दा अर्को सोच बनाउनु व्यर्थ छ।
आफ्ना वाचा सबै अधुरा रहेका र शान्ति र संविधानको दिशामा पनि आशातीत प्रगति हुन नसकेको तथा दलहरूबीचको दूरीसमेत बढ्दै गएको सन्दर्भमा मुलुकले छिट्टै सकारात्मक निकास पाउने सम्भावना क्षीण हु147दै गएपछि अरूलाई दोष दिएर चोखिने प्रयत्न प्रधानमन्त्रीले गर्न लागेका हुन्। यसैले पछिल्ला दिनमा सबैस147ग उनी आक्रोशित हुन थालेका हुन्।
शान्ति र संविधानको कुरा गर्ने, राहत र सुशासनका नारा दिने प्रधानमन्त्रीका प्राथमिकतामा न शान्ति र संविधान परे न राहत र सुशासन नै। सत्ता कब्जाका लागि मार्गप्रशस्त गर्ने नियतमात्र रह्यो यिनको। ‘म कुटेजस्तो गर्छु त147 रोएजस्तो गर’ भन्ने हिसाबले सहमतिमै दलभित्र गुट–उपगुटको नाटक मञ्चन गर्ने, जनतालाई भ्रममा पार्ने, अन्य राजनीतिक दललाई दिग्भ्रमित पार्न खोज्ने र समग्रमा मुलुकलाई नै अलमल्याउने, निकास नदिने यही नै देखियो माओवादीको नियत। यसमा भट्टराई माध्यम बने। यसरी बाबुरामप्रतिको भरोसा र विश्वास उनका कामकारबाहीकै कारण डगमगाउन पुगेको हो।
‘आफूले जिम्मेवारी छाडे देशमा विकराल अवस्था आउने’ भट्टराईको दाबी आत्मरति मात्र हो। ‘हुट्टिट्याउ147ले सगर थामेको’ भ्रमजस्तो हो भट्टराईको यो सोच किनकि उनी कति पानीमा छन् भन्ने जनताले चाल पाइस्ाके, बरु जनता विद्वान् भनिएका प्रधानन्त्रीको बुद्धि, उनका कार्यशैली देखेर आश्चर्यमा परेका छन्। सहमतिका कुरा गर्ने तर एक्लै अघि बढ्ने, गम्भीर विषयमा पनि अ147ध्यारो कोठामा बसेर एकपक्षीय निर्णय गर्नेजस्ता शैलीले उनको ‘सहमति’ कस्तो रहेछ भन्ने पनि सबैले बुझेका छन्।
यसैबीच फेरि अर्को नाटक सुरु भएको छ माओवादीको। सहमतिअनुरूप प्रधानमन्त्रीले राजीनामा नदिएको भन्दै सरकारविरुद्ध एक साताभित्र सडक–सङ्घर्षका कार्यक्रम ल्याउने मोहन वैद्य समूहले घोषणा गरेको छ। अरूले सहयोग गरेनन् भनेर आक्रोशित हुने प्रधानमन्त्रीले के आफ्नो पार्टीको यो नाटक र नौटङ्की बन्द गराउन सक्लान्?

प्रतिक्रिया
सम्बन्धित खवर

घर परिवारको न्यानो साथ छोडेर विदेशिनु पर्दाको पीडा त भोग्नेलाई मात्र थाहा हुन्छ । प्रियजनको पर्खाइमा कैयौं रात अनिदो काट्नु

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका

जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी मायाकुमारी विष्टको कक्षा ८ मा पढ्दा पढ्दै सामाजिक सञ्जाल फेसबुकमा एक युवकसँग चिनजान भयो ।

विगतमा घैयाको भाउमा जाने अदुवाले अहिले राम्रै मूल्य पाउन थालेपछि कर्णालीका अदुवा किसान मख्ख छन् । प्रतिकिलो रु पाँच–१० मा