दाहाल र भट्टराई नैतिक रुपमा पतन भए : चन्द

२५ श्रावण २०६९, बिहीबार १६:४३ मा प्रकाशित

दाङ, २५ साउन । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईका गलत कार्यका कारण उनीहरु नैतिक रुपमा सबै क्षेत्रवाट पतन भइसकेको दाबी गरेका छन् ।
रिपोटर्स क्लव दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको साक्षत्कारमा उनले दाहाल र भट्टराई राजनीतिक एवं नैतिक रुपबाटै पतन भइसकेकाले कारवाही स्वरुप नयाँ पार्टी बनाउनु परेको वताए । ‘पुष्पकमल दाहाल र बाबुराम भट्टराईले गल्ती स्वीकार गरेर रुपान्तरित भई आए दुई माओवादी एकीकरण हुन सक्छ,’ सचिव चन्दले भने ।
ठूला दलका शीर्ष नेताहरुको अकर्मन्यताले देशमा शान्ति र संविधान बन्न नसकेको उनको आरोप थियो । उनले संविधान बन्न नसकेको दोष ठूला दलका शीर्ष नेताहरुले लिनुपर्ने बताए ।
देशलाई राजनीतिक संकटबाट निकास दिन विगतमा भएको १२ बुँदे सहमति कार्यान्वयनमा उनले जोड दिए । उनले भने, ‘अबको निकास भनेको १२ बुँदे सहमति कार्यान्वयन हो ।’
उनले संकट समाधानको दोस्रो विकल्पका रुपमा बृहत राजनीतिक सम्मेलन गरेर सहमतिका साथ जान पनि सकिने बताए ।
परिमार्जन सहितको निवार्चन भएमा आफूहरु चुनाव लड्न सक्ने जनाएका उनले संविधानसभा कुनै पनि हालतमा पुनःस्थापना हुन नसक्ने बताए । उनले भने, ‘संविधानसभा पुनःस्थापन गर्नु भनेको मरेको शरीरलाई अस्पतालमा फर्काउनु हो ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन

काठमाडौं ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पालिका तहको अधिवेशन सम्पन्न हुने चरणमा छ । अहिलेसम्म ६४ जिल्लामा वडा तहको अधिवेशन र

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

काठमाडौँ । सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित