नेताहरुबीचकै विवादका कारण खुल्न सकेन जनजातिहरुको नयाँ पार्टी

२५ श्रावण २०६९, बिहीबार १६:३३ मा प्रकाशित

काठमाडौं, २५ साउन । आदिवासी जनजाति नेताहरुबीचनै मतैक्यता हुन नसकेपछि जनजातिहरुले नयाँ पार्टी घोषणा गर्न सकेनन् । उनीहरुले प्रस्तावित पार्टीको घोषणापत्र मात्र सार्वजनिक गरेका छन् । नयाँ राजनीतिक शक्ति निर्माण कार्यदलद्वारा आज यहाँ नयाँ पार्टीको घोषणा गर्ने भनेर विभिन्न सञ्चारमाध्यमलाई निमन्त्रणा गरिए पनि प्रस्तावित ‘सामाजिक-लोकतान्त्रिक बहुल–राष्ट्रिय पार्टी’को घोषणापत्र मात्र सार्वजनिक गरे ।
एकल जातीय पहिचानलाई लिएर विभिन्न दलमा असन्तुष्ट आदिवासी जनजाति नेता एवं अगुवाहरूले नयाँ पार्टी प्रस्तावित गरेका थिए । नयाँ राजनीतिक शक्ति निर्माण सम्बन्धी कार्यदल सदस्य कृष्ण भट्टचनले ‘सामाजिक लोकतान्त्रिक बहुल–राष्ट्रिय दल’ नामक पार्टी र त्यसको प्रस्तावित अवधारणापत्र सार्वजनिक गरे ।
नयाँ राजनीतिक शक्ति निर्माण सम्बन्धी कार्यदलका संयोजक चैतन्य सुव्वाले प्रस्तावका रुपमा सार्वजनिक गरिएको पार्टीलाई पछि पूर्णता दिने दाबी गरे । उनले आफूहरुका वीच कुनै विवाद नभएको दाबी पनि ।
भट्टचनले विभिन्न जातजाति, भाषा धर्म, संस्कृति र वर्गका प्रतिनिधिसँग छलफल गरी आगामी असोज–१५ मा पदाधिकारी र सदस्यसहित पार्टीको सांगठिनक संचरना घोषणा हुने जानकारी दिए । नयाँ पार्टीमा एमाले र कांग्रेसका असन्तुष्ट आदिवासी जनजाति नेता सहभागी हुने आयोजकले दाबी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको नेतृत्व गर्नेहरु राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास

काठमाडौं । सत्ता समीकरणबारे नेपाली कांग्रेस र माओवादी केन्द्रसँग वार्ता चलिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले