कान्तिपुर निर्देशक थापालाई सुरक्षा ‘थ्रेड’

२५ श्रावण २०६९, बिहीबार १४:१२ मा प्रकाशित

काठमाडौं, २५ साउन । आफूलाई नेपालको नम्बर वान पब्लिकेशन हाउस दावी गर्ने कान्तिपुरभित्र मालिक–मालिकबीच घरझगडा चर्की रहेका बेला त्यहीँका एक लगानीकर्तालाई ‘कर्पाेरेट’ सुरक्षा ‘थ्रेड’ आइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीको उच्चस्रोतका अनुसार कान्तिपुर पब्लिकेशनका निर्देशक रामेश्वर थापालाई त्यस्तो सुरक्षा चुनौति आएको भन्दै उनको सुरक्षाको समेत प्रवन्ध मिलाइसकेको छ । तर, स्रोतले त्यस्तो सुरक्षा ‘थ्रेड’ कहाँबाट र कसले दिएको हो भन्ने बारेमा भने बताउन चाहेन ।
केही दिन अघि राजधानीमा ‘भीआईपी’ अर्थात् न्यायधीश रणबहादुर बमको दिनदाहाडै गोली हानी हत्या गरिएको घटनाक्रमको प्रहरीले अनुसन्धान प्रगति गर्न नसकिरहेका बेला कान्तिपुर पब्लिकेशनका निर्देशक थापामाथि कहीँकतैबाट आएको सुरक्षा ‘थ्रेड’ प्रहरीका लागि चुनौतिको विषय बनेको मात्र नभएर थप टाउको दुखाईको विषय बन्न पुगेको छ । ‘कर्पोरेट थ्रेड’ भएकाले यस विषयमा सुक्ष्म अनुसन्धान थालिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । यसै विषयमा कान्तिपुर निर्देशक रामेश्वर थापासँग सम्पर्क प्रयास सफल हुन सकेन । थापा तीन वर्षअघि तत्कालिन ज्ञवाली परिवारले कान्तिपुर छाडेपछि साझेदारका रुपमा भित्रिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका