बेरोजगारी भत्ता लिने अमेरिकीहरुको संख्यामा वृद्धि

१४ भाद्र २०७६, शनिबार ०१:४६ मा प्रकाशित

वासिङ्टन, १३ भदौ । संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारी भत्ता लिने दरमा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ ।

विभागका अनुसार अगस्ट २४ सम्ममा अमेरिकामा बेरोजगारी भत्ताका लागि दाबी गर्नेहरुको संख्या चार हजारले वृद्धि भई दुई लाख १५ हजार पुगेको छ । यहीबीच, अघिल्लो साता बेरोजगारी भत्ताका लागि दाबी गर्नेहरुको संख्याको संशोधित संख्या दुई हजारले वृद्धि भई दुई लाख ११ हजार पुगेको विभागको भनाई छ ।

संयुक्तराज्य अमेरिकामा बेरोजगारी मापनको प्रमुख सूचक मानिएको यस तथ्याँकले रोजगारी गुमाउनेको संख्यामा वृद्धि नभएको देखाएको छ । अमेरिकामा बेरोजगारी भत्ता लिनेहरुको संख्या तीन लाखभन्दा कम रहेकाले अमेरिकी श्रम बजार निकै प्रतिस्पर्धी रहेको विभागको अनुमान छ ।

अमेरिकी श्रम बजारमा रोजगारदाताहरुले जुलाई महिनामा मात्र एक लाख ६४ हजार नयाँ रोजगारी सिर्जना गर्न सफल भएका छन् । विभागका अनुसार अमेरिकी बेरोजगारी दर ३.७ प्रतिशतको हाराहारीमा रहेको छ । विभागले अगस्ट महिनाको बेरोजगारी दरसम्बन्धी प्रतिवेदन आगामी सेप्टेम्बर ६ मा सार्वजनिक गर्दैछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको संविधान दिवसका अवसरमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले शुभकामना व्यक्त गर्नुभएको छ । विदेशमन्त्री ब्लिङ्केनले आज दिनुभएको शुभकामना

अमेरिकाले शनिबार न्युयोर्कमा सेप्टेम्बर ११ को आतङ्कवादी आक्रमणको संस्मरणमा स्थानीय समय अनुसार ८ः४६ बजे केही समय मौन धारण गरी मृतकहरूको

न्यूयोर्क । अमेरिकामा कोरोना संक्रमणपछि अस्पताल भर्ना हुने बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये अस्पताल

अमेरिकाको फ्लोरिडामा एक ब्यक्तिले गोली प्रहार गरी ४ जनाको हत्या गरेका छन् । बुलेट प्रुफ ज्याकेट लगाएका ती ब्यक्तिले एक