नेपालको प्रस्तावमा सार्क विदेशमन्त्रीस्तरीय बैठक बस्दै, के होला काश्मिर विवाद ?

१३ भाद्र २०७६, शुक्रबार १७:४८ मा प्रकाशित

काठमाडौँ, १३ भदौ । जम्मू काश्मीर प्रकरणले भारत र पाकिस्तानबीच तनाव चुलिएका बेला नेपालले मध्यस्थकर्ताको रोल खेलेको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अध्यक्ष समेत रहेको नेपालले सार्क राष्ट्रका परराष्ट्र वा विदेश मन्त्रीको बैठक बस्ने बारे राखेको प्रस्तावमा भारत र पाकिस्तान सहमत भएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभाकै बेला न्युयोर्कमा सार्क विदेशमन्त्रीस्तरीय बैठक बस्ने तय भएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्क विदेशमन्त्रीस्तरीय बैठक बस्न कूटनीतिक पहल गरेका थिए ।

उनले भारतका विदेशमन्त्री एस जयशंकर र पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैसीसँग छलफल गरेका थिए । दुवै देशले कश्मीर मामिलामा नेपालको साथ खोजिरहेका छन् । तर नेपालले हालसम्म कसैको पक्ष लिएको छैन । यो विवाद भारत र पाकिस्तानले संवाद मार्फत नै मिलाउनुपर्ने परराष्ट्रमन्त्री ज्ञवालीको भनाई छ ।

असोज ९ गते सार्क मुलुका विदेशमन्त्रीहरुको बैठक बस्ने पक्का भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

काठमाडौँ ।रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ । एमाले रूपन्देहीका

काठमाडौं।नेकपा (एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी

काठमाडौं ।ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम भोलि मंगलबार बिहान नेपाल आईपुग्ने भएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको