शैलुङ कन्ट्रक्सन विरुद्ध गगन थापा धर्नामा

१३ भाद्र २०७६, शुक्रबार १६:१७ मा प्रकाशित

काठमाडौँ, १३ भदौ । काठमाडौं क्षेत्र नम्बर ४ को सडक बनाउन माग गर्दै नेपाली कांग्रेसका सांसद गगन थापा धर्नामा बसेका छन् । आफ्नो निर्वाचन क्षेत्रका स्थानीयबासीको साथमा थापा पुल्चोकस्थित सडक विभागको कार्यालय अगाडी धर्नामा बसेका हुन् ।

ठेक्का लागेको ९ बर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा सांसद थापाको नेतृत्वमा काठमाडौं ४ का स्थानीयले धर्ना दिउका हुन् । कपन र बुढानीलकण्ठ क्षेत्रमा १२ ओटा सडक विस्तारका क्रममा छ । पटकपटक ताकेता गर्दा पनि शैलुङ कन्ट्रक्सन लगायतका निर्माण कम्पनीले काम सकेका छैन ।

सांसद थापाले आफूहरुको माग सुनुवाई नभए सडक विभाग र मन्त्रालयबिरुद्ध सुरु भएको सडक संघर्षलाई सिंहदरबार भित्र लैजाने चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

काठमाडौँ ।रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ । एमाले रूपन्देहीका

काठमाडौं।नेकपा (एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी

काठमाडौं ।ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम भोलि मंगलबार बिहान नेपाल आईपुग्ने भएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको