सुर्खेतमा २३ गाईको सामूहिक हत्या !

१३ भाद्र २०७६, शुक्रबार १५:२४ मा प्रकाशित

वीरेन्द्रनगर, १३ भदौ । नेपालगञ्जबाट दैलेख लैजान लागिएका गाई वीरेन्द्रनगरमा मृत भेटिएका छन् । नेपालगञ्जको कान्जीहाउसबाट लगिएका २९१ गाईमध्ये वीरेन्द्रनगरको कटकुवा जङ्गलमा २३ गाई मृत भेटिएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका दैलेखका प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिजापतिका अनुसार ८ वटा ट्रकमा राखिएका गाईहरु शुक्रबार बिहान करीब साढे तीन बजेतिर कटकुवा जङ्गलमा छाडिएको अवस्थामा फेला परेका छन् । ‘हिजो राति साढे १२ बजे चौपाया बोकेका आठ ट्रक सुब्बाकुना प्रहरी चौकीमा इन्ट्री भएको देखिन्छ’, प्रहरी निरीक्षक सिजापतिले भने । नौ गाईलाई भीरबाट खसेर मरेका छन् । जङ्गलमा फेला परेकामध्ये १५० भन्दा बढी चौपाया घाइते छन् ।

स्थानीयले भने सामूहिक गौहत्या गरिएको आरोप लगाउँदै दोषीलाई कारवाहीको माग गरेका छन् । माउ र बाच्छा बाच्छी गरेर २३ चौपाय मृत अवस्थामा रहेको प्रहरीले जनाएको छ । प्रहरीले चौपाया छाडेर नेपालगञ्ज फर्कँदै गरेका पाँच ट्रकलाई भने बबईबाट नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन तालिका हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार