एनसेल कर विवादमा सर्वोच्चको फैसलाबारे संसदीय समितिले अध्ययन गर्ने

१३ भाद्र २०७६, शुक्रबार १३:३१ मा प्रकाशित

काठमाडौँ, १३ भदौ । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले एनसेलको कर विवादबारे सर्वोच्च अदालतले फैसलाको अध्ययन गर्ने भएको छ । सर्वोच्चले भदौ ९ गते एनसेलको पक्षमा फैसला सुनाएपछि नागरिकको चासो बढेको भन्दै समितिले अध्ययन गर्ने भएको हो ।

समितिको शुक्रबारको बैठकमा सांसदहरुले एनसेलले तिनुपर्ने करबारे सर्वोच्चले सुनाएको फैसलाबारे अधययन गर्नुपर्ने धारणा राखेपछि सभापति कृष्णभक्त पोखरेलले जनचासोको विषय भएकाले समितिले अध्ययन गर्ने बताए । उनले भने, ‘न्यायपालिकालाई समितिले यस्तो फैसला गर भन्न त सक्दैन । उसको फैसलामाथि प्रश्न उठाउन हुँदैन । तर, जनचासोको विषय भएकाले समितिले सर्वोच्चले गरेको फैसलाहरुमा अध्ययन गर्न सक्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे