घाइते खेलाडीको निधन

२५ श्रावण २०६९, बिहीबार १२:५४ मा प्रकाशित

काठमाडौं, साउन २५ । गत मंगलबार बिहान धादिङ सिम्लेमा भएको दुर्घटनामा घटनास्थलमै ज्यान गुमाएका फुटबल खेलाडी रन्जन थापाको शोकबाट गुज्रिरहेकै अवस्थामा नेपालको खेल क्षेत्रले अर्का खेलाडी गुमाउनुपरेको छ । सोही घटनामा घाइते भएका अर्का फुटबल खेलाडी सागर परियारको बिहीबार बिहान मृत्यु भएको छ । उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार चलिरहेको थियो ।
एन्फा उपाध्यक्ष एवं प्रवक्ता ललितकृष्ण श्रेष्ठका अनुसार परियारको शव अहिले पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । ‘पोस्टमार्टम सकिएपछि आज दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार हुनेछ ।
बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ७०५१ नम्बरको यात्रुबाहक बस धादिङको सिम्ले महेशखोलामा खस्दा १२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा थापा र परियारसँगै एन्फा एकेडमीका खेलाडीहरु सम्राट् ब्लोन र मिलन हिताङ घाइते भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको