साफ यू–१५ फुटबलः भुटानविरुद्ध नेपालको सानदार जित

१२ भाद्र २०७६, बिहीबार १४:३८ मा प्रकाशित

बंगाल, १२ भदौ । भुटानलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै नेपाल पाँचौं संस्करणको साफ यू–१५ फुटबल च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । भारतको पश्चिम बंगालस्थित कल्याणी रंगशालामा बिहिबार भएको राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले भुटानलाई पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो ।

नेपालको जितमा प्रदीप लम्सालले दुई तथा अशिम राई, क्रिस सापकोटा र निराजन खत्रीले १÷१ गोल गरे ।

नेपाललाई फाइनल प्रवेशका लागि भारत र बंगलादेशबीचको खेल कुर्नुपर्ने भएको छ । भारतले बंगलादेशलाई पराजित गरेमा फाइनलमा भारत र नेपाल भिड्नेछन् । तर बंगलादेशले भारतलाई पराजित गर्दै गोलअन्तरमा नेपाललाई पनि पराजित गर्न सके फाइनलमा पनि भारत र बंगलादेश नै भिड्नेछन् । यी दुई देशबचको खेल पनि आजै हुँदैछ ।

नेपाल आफ्नो पहिलो खेलमा भारतसँग ५–० ले पराजित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय श्रृंखलाको तेस्रो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । अल

लन्डन । च्याम्पियन्स लीग फुटबलमा म्यानचेष्टर सिटी, लिभरपुल र रियल मड्रिड विजयी भएका छन् । समूह ए को खेलमा सिटीले

काठमाडौं । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज दोस्रो सातादेखि हुने भएको छ । नेपाल भलिबल

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानबीचको अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा आयोजक राष्ट्र ओमान ५ विकेटले विजयी भएको छ ।