विश्वकप छनौट खेल्ने नेपाली टोलीको घोषणा

१२ भाद्र २०७६, बिहीबार १४:०६ मा प्रकाशित

काठमाडौँ, १२ भदौ । कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबलको एसियन छनोट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक जोहान कालिनले कुवेत र चाइनिज ताइपेइसँगको खेल खेल्ने २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।

टोलीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् । डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल छन् ।

मिडफिल्डमा सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, सन्तोष तामाङ, विशाल राई र रोहित चन्द छन् ।

फर्वाडमा विमल घर्तिमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् ।

नेपालले आगामी विहिबार समूह बि को पहिलो खेलमा कुवेतसँग र भदौ २४ गते मंगलबार चाइनिज ताइपेइसँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय श्रृंखलाको तेस्रो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । अल

लन्डन । च्याम्पियन्स लीग फुटबलमा म्यानचेष्टर सिटी, लिभरपुल र रियल मड्रिड विजयी भएका छन् । समूह ए को खेलमा सिटीले

काठमाडौं । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज दोस्रो सातादेखि हुने भएको छ । नेपाल भलिबल

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानबीचको अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा आयोजक राष्ट्र ओमान ५ विकेटले विजयी भएको छ ।