विदेशमा बसेर शासन चलाउन पाईँदैनः उपसभापति निधि

१२ भाद्र २०७६, बिहीबार १३:५८ मा प्रकाशित

काठमाडौँ, १२ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सिंगापुरबाट प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरेको प्रति आपत्ति जनाएका छन् । ग्लोबल युथ एलायन्सले बिहीबार राष्ट्रियसभा भवनमा आयोजना गरेको ‘युवा र राजनीति’ विषयक विचार गोष्ठिमा उपसभापति निधिले लोकतन्त्रमा विदेशमा बसेर शासन चलाउन नमिल्ने बताएका हुन् ।

“लोकतन्त्रमा देशभित्रैबाट शासन चलाउन पर्छ, सिंगापुरबाट होईन,” उनले भने, राष्ट्रियता सिंगापुरबाट होइन नेपालभित्रैबाट परिभाषित हुन्छ ।”

“भोलि सभामुख विदेश हुँदा उतैबाट संसद चलाउन खोजे, प्रधानन्यायाधिश विदेश हुँदा उतैबाट बेञ्च बसालेर न्याय सम्पादन गर्न खोजे के हुन्छ ?” उनले प्रश्न गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

काठमाडौँ ।रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ । एमाले रूपन्देहीका

काठमाडौं।नेकपा (एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी

काठमाडौं। नेकपा (एमाले)ले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्दाहेर्दैमा रखिएको छ। न्यायाधीश दीपक कार्की