जेष्ठ नागरिकलाई हवाई भाडामा छुट दिने योजनाबाट पछि हटिदैनः मन्त्री भट्टराई

१२ भाद्र २०७६, बिहीबार १३:३२ मा प्रकाशित

चितवन, १२ भदौ । संस्कृति, पयर्टन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने सरकारी योजना कार्यान्वयन गरिछाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ७० वर्ष नाघेका वृद्ध–वृद्धालाई हवाई भाडामा छुट दिने कुरा सरकार र हवाई सेवा प्रदायकको साझा हुनुपर्ने बताए ।

चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भट्टराईले सरकारले जेष्ठ नागरिकलाई सम्मान गर्ने भएकाले नीजि एयरलाइन्सको पनि सामाजिक उत्तरदायित्व हुने भएकाले सरकार पछि नहट्ने बताए । ‘एयरलाइन्सको पनि सामाजिक उत्तरदायित्व हुन्छ होला, वृद्धवृद्धालाई सेवा दिँदा र नदिँदा पाप र धर्मका कुरा पनि हुन्छन् होला’ मन्त्री भट्टराईले भने । एयरलाइन्स आफैँले जेष्ठ नागरिकलाई छुट दिने घोषणा गर्नुपर्नेमा सरकारले ल्याएको कार्यक्रमलाई सहयोग गर्दिन भन्न नमिल्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको