मेक्सिको बारमा २३ को मृत्यु

१२ भाद्र २०७६, बिहीबार ०२:३३ मा प्रकाशित

मेक्सिको, ११ भदौ (एएफपी)। मेक्सिकोको पूर्वी क्षेत्रमा रहेको एउटा बारमा भएको घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ ।

अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार मङ्गलबार राति भएको सो घटनामा परेर अरु १३ जना सिकिस्त घाइते भएका छन् ।

घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको अधिकारीहरुको भनाइ छ । कोट्जाकोल्कोस शहरमा घटना भएको हो । “क्रुर व्यक्तिहरुले गोलावारी गरेर घटना भएको हो,” स्थानीय सरकारी अधिकारीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

घटनामा परी मृत्यु भएका र घाइते भएकाहरुका आफन्त घटनास्थलमा विक्षिप्त अवस्थामा भेटिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटना भएको बारमा काम गर्ने एक महिलाले आत्तिदै र चिच्याउँदै भन्दै थिइन्, “मेरो छोरो ठिक छ की छैन, उस्लाई केही भएको छ की छैन ?”
बारमै रहेका उनको छोरो पनि घाइते भएपछि अस्पताल लगिएको थियो । घाइतेहरुलाई उद्धार गर्न प्रहरीको ठूलो टोली आएको थियो ।

घटना भएको क्षेत्र देशमै अत्यधिक धेरै हिंसात्मक घटना हुने क्षेत्रका रुपमा चिनिने गरेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

संयुक्त राष्ट्रका महासचिवले एक नयाँ शीतयुद्धको चेतावनी दिँदै चीन र अमेरिकाले पूर्ण रुपमा अस्तव्यस्त भइसकेको आफ्नो सम्बन्धलाई सुधार्नु पर्ने सुझाव

स्पेन । स्पेनको क्यानरी टापुमा आएको ज्वालामुखीले करिब २० घरहरू ध्वस्त पारेको स्थानीय अधिकारीहरूले सोमबार पुष्टि गरेका छन् । स्थानीय

काबुल । अफगानिस्तानमा तालिवान शासकले माध्यामिक विद्यालयमा पनि बालिकाहरुलाई विद्यालय जानबाट बञ्चित गरेका छन् । तालिवानले सत्ता कब्जा गरेपछि हालै

ढाका । बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनीपछि