तुर्किस्तान पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ

११ भाद्र २०७६, बुधबार १८:१० मा प्रकाशित

काठमाडौँ, ११ भदौ । तुर्किस्तान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौं जोरपाटी बस्ने रामेछाप गंगा गाउँपालिका(३ घर भएका ३४ वर्षीय हर्क बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

हर्क बहादुरले भोजपुर पौवादुम्मा गाउँपालिका–६ बस्ने व्यक्तिलाई तुर्किस्तानमा सेक्युरिटी गार्डमा जागिर लगाई दिने र मासिक १ हजार २ सय डलर तलव र खान बस्न समेत दिने आश्वासन दिएका थिए । साथै उनी नक्कली टिकट समेत बनाई ३ लाख रुपैयाँ ठगी गरी सम्पर्क विहिन भएका थिए । प्रहरीले जोरपाटी एरियामा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनले अन्य ४ जना व्यक्तिबाट समेत जनही ३ लाख रुपैयाँ दरले रकम लिई ठगी गरेको खुल्न आएको सो महाशाखाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको