एनसेल लाभकर विवादबारे सामाजिक सञ्जालमा टिप्पणी, सर्वोच्चको फैसला ‘दुर्भाग्यपूर्ण’

११ भाद्र २०७६, बुधबार १६:१२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ११ भदौ । एनसेलको पुँजीगत लाभकर विवादमा सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण भएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी भएको छ । राजस्व प्रशासनसँग जानकार तथा पूर्व भिआएपीहरुले ट्विटरमा सर्वोच्चको फैसला त्रुटीपूर्ण भएको प्रतिक्रिया दिएका छन् ।

सर्वोच्चका ५ न्यायाधीशको बृहत इजलाशले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व बिक्रीमा लाग्ने पुँजीगत लाभकरका विषयमा ठूला करदाता कार्यालयको निर्णय सोमबार बदर गर्दै एनसेलले कर तिर्न नपर्ने फैसला सुनाएको थियो ।

पूर्वउपप्रधानमन्त्री एवम् राप्रपाका अध्यक्ष कलम थापाले सर्वोच्चको फैसला विवादस्पद र विडम्बनापूर्ण भएको लेखेका छन् ।

पूर्वअर्थसचिव डा. शान्तराज सुवेदीले यो फैसलालाई दुर्भाग्यपूर्ण भनेका छन् ।

सत्तारुढ दल नेकपाकी सांसद रामकुमारी झाँक्रीले फैसललाई लिएर दलाल पूँजीवाद निकै बलियो रहेको भन्दै टिप्पणी गरेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे