ऐश्वर्या अब काममा

२५ श्रावण २०६९, बिहीबार ०९:०७ मा प्रकाशित

मुम्बई, २५ साउन । छोरी जन्माएको आठ महिनापछि बलिउड अभिनेत्री ऐश्वर्या काममा फर्केकी छिन्। आफू ब्रान्ड एम्बेसडर रहेको एक गहनाको सुटिङ गरेर उनले आफू अब काममा उत्रिएको सन्देश दिएकी हुन्।
सुत्केरी हुनेताका मोटाएको ज्यानलाई उनले निकै नियन्त्रणमा ल्याइसकेकी छिन्। पछिल्लोपटक उनले आफू छ महिनाकी गर्भवती हुँदा विज्ञापनमा खेलेकी थिइन्। सुत्केरी भएको धेरै महिनासम्म पनि मोटोपन रहेकोमा ऐश्वर्याबारे टिकाटिप्पणी सुरु भएको थियो। तर, बजारको कुरा नसुनेर उनी आफ्नो मोटो ज्यानमै सहज हुन थालेकी थिइन्।

गहनाको सुटिङ पानीभित्र पनि गरिएको थियो। तर, पानीभित्रको सुटिङ ऐश्वर्या आफैले गरिन् कि गरिनन् खुलाइएको छैन। छोरी आराध्यको हेरचाहमा व्यस्त रहेकीले उनको ध्यान अझै फिल्ममा भने गइसकेको छैन । तर पनि डेनियल सिल्भाको फिल्ममा खेल्न उनलाई प्रस्ताव आएको बुझिएको छ। फिल्ममा बिल्ली जेन, टिभी कलाकार सारा खान र गायक लकी अली पनि हुने भनिएको छ। फिल्मको सुटिङ सेप्टेम्बर १३ देखि लस एन्जलसमा हुने भनिएको छ। उनले खेलेको पछिल्लो फिल्म गुजारिस थियो जो २०१० मा रिलिज भएको थियो। एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित

काठमाडौँ । इजरायलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक राज लिम्बुले ‘जलेर खरानी’बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। मार्मिक