कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, निष्कृय भ्रातृसंस्थाबारे छलफल हुने

११ भाद्र २०७६, बुधबार १०:४७ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ११ भदौ । नेपाल कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । दिउँसो २ बजे बस्ने बैठकमा पाटीृका भ्रातृसंस्थाबारे छलफल हुनेछ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महामन्त्री पूर्णबहादुर खड्काले असार २२ को बैठकमा पेश गरेको एजेण्डाअनुसार बुधबार भ्रातृसंस्थाबारे छलफल हुन लागेको हो ।

कांग्रेसका १३ भ्रातृसंस्था छन् । तर यीमध्ये धेरैको समयावधि सकिएका कारण निष्कृय जस्तै छन् ।

कांग्रेसको नर्सरी भनिने नेविसंघ गत माघ महिनादेखि नेतृत्वविहीन छ । नेविसंघ नेतृत्वमा संस्थापन पक्षबाट ऋषिकेशजंग शाह, राजीव ढुंगाना, सरोज थापा, प्रेमराज जोशीसहितका नेताहरु तथा रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहबाट मनोजमणि आचार्य, कुन्दन काफ्ले, दीपक भट्टराईलगायत आकांक्षी छन् ।

सबैभन्दा बढी विवाद रहेको नेविसंघको नेतृत्व तोक्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवासगै छ । केन्द्रीय समितिको बैठकल सकिएपछि देउवाले नेविसंघको नेतृत्व तोक्ने बुझिएको छ ।

असार तेस्रो सातादेखि जारी कांग्रेसको केन्द्रीय समितिको बैठकमा १४ औं महाधिवेशन र अन्तरिम संरचना गठन लगायतका एजेण्डामा छलफल सकेको छ । बुधबारको बैठकबाट दोस्रो चरणको राष्ट्रिय जागरण अभियान, एकतामा आएको विजयकुमार गच्छदार समूहलाई जिम्मेवारी लगायतका विषयमा छलफल सुरु हुने प्रवक्ता शर्माले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे