ओलम्पिक कमिटीको अध्यक्षमा दुई श्रेष्ठबीच प्रतिस्पर्धा पक्का, कुन पदमा कसको दाबी ?

११ भाद्र २०७६, बुधबार ०९:४९ मा प्रकाशित

काठमाडौँ, ११ भदौ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि जीवनरामसँग पराजित उमेशलालले यो पटक पनि उनैसँग प्रतिस्पर्धा गर्न अध्यक्ष पदका लागि मनोनयन दर्ता गरेका हुन् ।

जीवनरामले पनि उमेदवारी दर्ता गरेका छन् । चार वर्षअघि उमेशलाललाई हराउँदै जीवनराम श्रेष्ठ एनओसी अध्यक्षमा निर्वाचित भएका थिए । महासचिवमा वर्तमान उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे र सदस्य निलेन्द्रराज श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका छन् ।

एनओसीको निर्वाचन भदौ २० गते हुँदैछ । निर्वाचनले १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष, १ उपमहासचिव, ३ सचिव र ७ सदस्य गरी १९ सदस्यीय कार्यसमिति चयन गर्नेछ। निर्वाचनमा एनओसीका २७ एसोसिएट सदस्यका प्रतिनिधिले मतदान गर्नेछन् ।

५ उपाध्यक्षका ८ जनाको उम्मेद्वारी परेको छ । जसमा राजिव श्रेष्ठ, ज्योति राणा, पुष्पदास श्रेष्ठ, अशोकमान बज्राचार्य, तेज गुरुङ, चतुरानन्द राज वैद्य, सुनिल श्रेष्ठ र कुस्तीका समिम मिया अन्सारी छन् । सचिवका लागि राखेपका पूर्व सदस्य सचिव केशवकुमार विष्ट, दीपक हर्ष बज्राचार्य, रामजीबहादुर श्रेष्ठ र तुल्सी थापाले उमेदवारी घोषणा गरेका छन् ।

कोषाध्यक्षमा अरुले उमेदवारी घोषणा नगरेपछि वर्तमान कोषाअध्यक्ष रतन तण्डन नै निर्विरोध चयन हुने देखिएको छ । उपमहासचिवमा राखेपका उपाध्यक्ष तथा एथ्लेटिक्स संघबाट प्रतिनिधि बनेका पिताम्बर तिमल्सिना चयन हुने निश्चित भएको छ ।

७ सदस्यका तासी घले, दीर्घबहादुर केसी, रमेशप्रसाद शिवाकोटी, मनोरञ्जन रमण शर्मा, प्रकाश शमशेर राणा, गोपालसुन्दर कक्षपति, राम अवाले र होमबहादुर दोडले मनोनयन दर्ता गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय श्रृंखलाको तेस्रो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । अल

लन्डन । च्याम्पियन्स लीग फुटबलमा म्यानचेष्टर सिटी, लिभरपुल र रियल मड्रिड विजयी भएका छन् । समूह ए को खेलमा सिटीले

काठमाडौं । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज दोस्रो सातादेखि हुने भएको छ । नेपाल भलिबल

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानबीचको अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा आयोजक राष्ट्र ओमान ५ विकेटले विजयी भएको छ ।