साफ यू–१५ फुटबल : बङ्गलादेशलाई हराउदै नेपाल ४–१ विजयी

११ भाद्र २०७६, बुधबार ०३:२२ मा प्रकाशित

काठमाडौँ, १० भदौ । भारतमा जारी पाचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले साविक विजेता बङ्गलादेशलाई पराजित गरेको छ । भारतको कल्याणी रङ्गशालामा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ४–१ गोलले हराएको हो ।

यसअघि नेपालले श्रीलङ्कालाई २–० गोलले हराएको थियो । बङ्गलादेशसँगको खेलमा नेपालका लागि क्रिशन अधिकारी यादवले दुई तथा सुगन जिमी र प्रदीप लम्सालले एक÷एक गोल गरे । बङ्गलादेशका लागि मियाँले सान्त्वना गोल गरे । जितसँगै नेपाल तीन खेलबाट छ अङ्कका साथ दोस्रो स्थानमा उक्लिएको छ ।

तेस्रो स्थानमा झरेको बङ्गलादेशले पनि तीन खेलबाट छ अङ्क नै बटुलेको छ । अब नेपालले अन्तिम खेल बिहीबार भुटानसँग खेल्नेछ । यसअघि नेपाल पहिलो खेलमा भारतसँग ५–० गोलले पराजित भएको थियो ।

प्रतियोगितामा नेपालसहित बङ्गलादेश, भारत, श्रीलङ्का र भुटान सहभागी छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय श्रृंखलाको तेस्रो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । अल

लन्डन । च्याम्पियन्स लीग फुटबलमा म्यानचेष्टर सिटी, लिभरपुल र रियल मड्रिड विजयी भएका छन् । समूह ए को खेलमा सिटीले

काठमाडौं । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज दोस्रो सातादेखि हुने भएको छ । नेपाल भलिबल

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानबीचको अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा आयोजक राष्ट्र ओमान ५ विकेटले विजयी भएको छ ।