नेपाल राष्ट्र बैंक र बैंक अफ कोरियाबीच समझदारीपत्रमा हस्ताक्षर

११ भाद्र २०७६, बुधबार ०३:२० मा प्रकाशित

काठमाडौँ, १० भदौ । नेपाल राष्ट्र बैंक र बैंक अफ कोरियाबीच ‘नलेज पार्टनरशिप प्रोगाम’ कार्यक्रम सञ्चालन गर्ने विषयमा समझदारी भएको छ । आज यहाँ आयोजित एक समारोहमा दुई बैंकबीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट गभर्नरका कार्यालयका निर्देशक गोविन्दप्रसाद नागिला र दक्षिण कोरियाको केन्द्रीय बैंकका तर्फबाट अन्तर्राष्ट्रिय मामिला विभागमा डेपुटी जनरल डाइरेक्टर जी योङ जुङले हस्ताक्षर गर्नुभयो ।

सो कार्यक्रमअन्तर्गत नेपालको वित्तीय समावेशीकरण, वित्तीय साक्षरता अभियान विस्तारका लागि महत्वपूर्ण नीतिगत सुझाव प्राप्त हुने विश्वास गरिएको छ । कार्यक्रमबाट दुई बैंकमा भएका अन्य नीतिगत सुझावहरुसमेत प्राप्त हुने र ज्ञान आदानप्रदान हुने अपेक्षा गरिएको छ ।

त्यस्तो कार्यक्रम यसअघि पनि सन् २०१७ र २०१८ मा पनि समष्टिगत अर्थव्यवस्थाको प्रक्षेपण, भुक्तानी फछ्र्यौट प्रणालीको नीतिगत व्यवस्थाका सम्बन्धमा अध्ययन–अनुसन्धानका क्षेत्रमा समझदारी भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका

काठमाडौं । नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट उपलब्ध गराउने भएको

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक