ल्याटिन अमेरिकी देशमा सयौं नेपाली अलपत्र

२५ श्रावण २०६९, बिहीबार ०८:२८ मा प्रकाशित

काठमाडौं, २५ साउन। हजारभन्दा बढी नेपाली ल्याटिन अमेरिकाका विभिन्न देशमा अलपत्र परेका समाचार प्राप्त भएको छ । उनीहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय तस्करको प्रलोभनमा परेर अमेरिका जान हिँडेका थिए । तस्करहरुले मोटो रकम लिई अमेरिका छिराईदिने भन्दै ल्याटिन अमेरिकी देश ब्राजिल, चिली, बोलिभिया, इक्वेडरलगायत देशमा पुर्‍याएर छोडिदिएको बुझिएको छ । अलपत्र पर्नेहरु मध्ये बोलिभियामा नौसय जना, ब्राजिलमा ९० जना, चिलीमा ५० जना र इक्वेडरमा १५ जना रहेका र अन्य ल्याटिन अमेरिकी राज्यहरुमा पनि अलपत्रपर्ने नेपालीको संख्या धेरै रहेको बताइएको छ ।
पीडितहरुका अनुसार तस्करहरुले मेक्सिकोबाट अमेरिका प्रबेश गराउने भनी प्रतिव्यक्ति १५ देखि २२ लाख रुपैयाँसम्म लिएर ल्याटिन अमेरिकी राष्ट्रहरुमा पुर्‍याएर छोडिदिएका हुन् । मानव तस्करहरु एकाएक फरार भएपछि उनीहरु विचल्लीमा परेको खबरलाई आजका पत्रपत्रिकाहरुले महत्वका साथ प्रकाशित गरेका छन् ।
‘हामी ९० जना ब्राजिलको साओ पाओलोमा अलपत्र परेका छौं, खानेबस्ने कुनै ठेगाना छैन्,’ तस्करको फन्दामा परी ब्राजिलमा अलपत्र परेका पोखराका रविन गुरुङलाई उद्धृत गर्दै समाचारमा भनिएको छ । गुरुङका अनुसार पीडितहरु कोही पुलमुनि सुतेका छन् त कोही टेन्टमा ।
दुईमहिना अघि गुरुङ सहित ८ जना काठमाण्डौंबाट दोहा हुँदै ब्राजिलको सम्पाल पुगेका थिए । त्यहाँ पुगेपछि उनीहरुलाई अमेरिका जाने सपना बोकेर गएका अन्य नेपालीहरुसँग भेट गराईएको थियो । बिनाभिसाको पार्सपोट लिएर त्यहाँ पुगेका उनीहरुले अब के गर्ने भन्दै अन्यौलता प्रकट गरेका छन् । उनीहरुले आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

उदयपुर । वर्षायाम सुरु भएसँगै निरन्तर पानी पर्न थालेपछि धान रोपाइँ सुरु गर्ने समय अघि नै जिल्लामा धान रोपाइँ गर्न

काठमाडौं।कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबिबिएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा

आजको प्रमुख समाचार