इस्तानबुलमा समातिएका सोह्र हजार आप्रबासीलाई सुपुर्दगी गरिने

११ भाद्र २०७६, बुधबार ०३:०९ मा प्रकाशित

इस्तानबुल, १० भदौ । टर्कीले जुलाई १२ पछि गैरकानूनीरूपमा स्तानबुल हुँदै यूरोप तथा अमेरिका जान लागेका १६ हजार ४२३ आप्रबासीलाई सम्बन्धित देशमा नै फिर्ता गर्ने भएको टर्कीका अधिकारीहरूले बताएका छन् ।

इस्तानबुल गभर्नर कार्यालयले दिएको जानकारी अनुसार सुरक्षाकर्मीले पक्राउ गरेका आप्रबासीमध्ये चार हजार ५०० सिरियाली नागरिक रहेका बताइएको छ ।

उनीहरूसँग कुनै किसिमको औपचारिक कागजात नरहेकोले सबैलाई विभिन्न प्रान्तका अस्थायी शरणार्थी शिविरमा पठाइएको छ ।

सरकारले समातिएका आप्रवासीलाई स्वदेश फर्किनका लागि आगामी अक्टोबर ३० सम्मको समय दिएको बताइएको एक सिरियाली गैरसरकारी संस्थाले जनाएको छ ।

टर्कीले यस पहिले (अगस्ट २०) सम्ममा सिरियाली शरणार्थीलाई स्वदेश फिर्ता हुन आग्रह गरेका थिए ।

टर्कीका अधिकारीहरूले दिएको जानकारी अनुसार इस्तानबुलमा १० लाख छ हजार शरणार्थी रहेका तथ्याङ्क छ । जसमध्ये पाँच लाख ७० हजार शिरियाली शरणार्थी भएको बताउने गरिएको छ । टर्कीको अन्य शहरहरू अङ्कारा र बुर्सामा पनि शरणार्थीको भीड बढेको भन्दै सरकारले इस्तानबुलमा जस्तै कारबाही गर्ने तयारी गरेको टर्कीका आन्तरिक मामिला मन्त्री सुलेमान सोयलुले बताउनुभयो ।

गरिबी र द्वन्द्वको पीडाले अरब मुलुकहरू लिबिया, सिरिया, यमन तथा केही एशियाली मुलुकका नागरिकहरूले यूरोप र अमेरिका प्रवेशका लागी खतरनाक सामुद्रिक बाटो तय गर्ने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना महामारीका कारण नेपालमा रोकिएका विदेशी पर्यटकलाई यही असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छुट दिइएकोे छ ।

काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएपछि बन्द भएको भिसा सेवा आजबाट सञ्चालनमा आउने भएको छ । अध्यागमन विभागले यसअघि अत्यावश्यक

काठमाडौं । नेपालको विमानस्थल प्रयोग गरेर भारतीयहरु विदेश जान थालेका छन् । भारतले विदेश जान प्रतिबन्ध लगाएपछि नेपालको त्रिभुवन विमानस्थल

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी