काङ्ग्रेसले भन्यो,‘भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक बस्ने व्यवस्था फीर्ता गर’

१० भाद्र २०७६, मंगलवार १७:३९ मा प्रकाशित

काठमाडौँ, १० भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद्को बैठक बसेकोप्रति आपत्ति जनाएको छ । मंगलबारको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले भिडियो कन्फरेन्स मार्फत बैठक संचालन गरिनु आपत्तिजनक भएको बताएका हुन् ।

उनले भने ‘प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बसेको छ, फेरी कार्यबाहक प्रधानमन्त्री पनि हुनु हुन्छ, यो आफैमा गम्भीर विषय हो ।’ खाणले ‘प्रधानमन्त्री नहुँदा मन्त्रिपरिषद्को बैठक बस्न सक्ने भए सभामुख नहुँदा पनि भिडियो कन्फरेन्स मार्फत बैठक बस्न सक्ने कि नसक्ने ? प्रधानन्यायधीश नहुँदा पनि भिडियो कन्फरेन्स मार्फत न्यायपरिषद बैठक बस्न सक्ने कि नसक्ने ?’ भन्दै प्रश्न गरे । सूचनाको गोपनीयतामा समेत विश्वस्त हुन सक्ने आधार नभएको भन्दै उनले भिडियो कन्फेरेन्स मार्फत बैठक बस्न सक्ने गरि बनाईएको व्यवस्था खारेज गर्न माग गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे