अर्थमन्त्रीको प्रश्न,‘लगानीको वातारण नभए बैंकले २९ खर्ब लगानी कहाँ गरे त ?’

१० भाद्र २०७६, मंगलवार १६:५६ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १० भदौ । काठमाडौँ, १० भदौ । संघियतापछि मूलुकमा लगानीको वातावरण विग्रिएको भन्नेहरुप्रति अर्थमन्त्री डाक्टर युवाराज खतिवडाले आपत्ति जनाएका छन् । गत वर्ष मात्रै अघिल्लो वर्षको तुलनामा दोब्बर कम्पनीहरु दर्ता भएको तथ्यांक सुनाउँदै अर्थमन्त्री खतिवडाले लगानीमैत्री वातावरण सिर्जना भएको दाबी गरे ।

‘निर्यात १९ प्रतिशत कसरी भयो ? बैंकबाट त्यति धेरै मात्रामा ऋण कसले लियो ? आर्थिक वृद्धि ७ प्रतिशतभन्दा माथि सकरी भयो ?’ मन्त्री खतिवडाले प्रश्न गरे । गत आर्थिक वर्ष २०७५÷७६ मा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले करिब २९ खर्ब कर्जा लगानी गरेका छन् ।

नाडा अटो शोको उद्घाटन गर्दै उनले आयात प्रतिस्थापन हुँदै गएको दाबी पनि गरे । सरकारले राजश्व बोर्ड गठन गर्ने प्रक्रिया सुरु गरिसकेको जानकारी दिँदै मन्त्री खतिवडाले गठनादेश मार्फत बोर्ड गठन हुने बताए । उनले गठनादेश तयार भईसकेको र मन्त्रिपरिषद्मा लैजाने तयारी भईरहेको जानकारी दिँदै राजश्व र भन्सार क्षेत्रमा बाँकी रहेको केही अन्यौलता बोर्ड गठन पश्चात समाधान हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक

काठमाडौं । नेपाल र बङ्गलादेशले संयुक्त रुपमा ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो अर्धजलाशयुक्त आयोजना निर्माण गर्ने भएका छन् । आगामी

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ सार्वजनिक