अर्थमन्त्रीले भने, ‘इमानदार सरकारलाई नझुक्याउनोस्’

१० भाद्र २०७६, मंगलवार १४:१४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १० भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार इमानदार रहेकाले नझुक्याउन व्यवसायीलाई सचेत गराएका छन् । मंगलबार राजधानीको भृकुटीमण्डपमा सुरु भएको ‘नाडा अटो शो २०१९’को उद्घाटन गर्दै अर्थमन्त्री डा. खतिवडाले व्यवसायीले नक्कली पार्टस्को आयात बढेको गुनासो गरेपछि त्यस्ता पार्टस सरकाले नभई व्यवसायीले नै ल्याएको उत्तर दिए ।

‘हाईब्रिड गाडीमा सरकारले सहुलियत दियो’ अर्थमन्त्री खतिवडाले भने,‘तर तपाईहरुले हाईब्रिड भनेर ब्याट्रीबाट स्टार्ट मात्रै हुने र चल्नको लागि डिजेट पेट्रोल नै चाहिने गाडी ल्याएर भन्सारमा राखिदिनुभयो ।’ उनले सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिएको भन्दै १० वर्षमा ४ गुणाले सवारी आयात बढ्नु अस्वभाविक भएको जनाए ।

निरन्तर आयात बढ्नु रोग जस्तै भएको भन्दै मन्त्री अतिपडाले सरकार यस्ता रोगको उपचार गर्नेगरि अगाडी बढेको बताए । उनले आयात कम गर्न देशभित्रै एसेम्बल प्लान्ट राखी सवारीसाधन उत्पादन गर्न आग्रह गर्दै यसका लागि सरकारले सहयोग गर्ने बचन दिए ।

एसेम्बल राख्दा २० प्रतिशतभन्दा बढी मूल्यअभिवृद्धि हुनुपर्ने सर्त सुनाउँदै मन्त्री खतिवडाले व्यवसायीले घाटाको व्यपार नगरेजस्तै सरकारले पनि घाटाको नीति नलिने बताए । ‘२० प्रतिशतन्दा बढी मूल्यअभिवृद्धिमा सरकार छलफल गर्दैन’ उनले भने, ‘उद्योगी व्यवसायीले कुनै व्यापार गरेर नाफा कमाए जस्तै सरकारले पनि घाटामा व्यापार गर्दैन, सरकारी नीति लाभ हुने खालकै हुनुपर्छ ।’

गतवर्षको नाडा अटो शोमा जस्तै मन्त्री खतिवडाले ऋण गरेर गाडी नचढ्न सर्वसाधारणलाई सुझाए । आज पनि सुरुवातमा नाडा अटो शोले दशैँ आएको झल्को दिने भन्दै उनले ‘आम्दानी अनुसार सवारी किन्न सक्ने क्षमताको विकास होस्’ भन्दै दशैँको शुभकामना दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे