प्रहरीमा ११ सयभन्दा बढी महिला प्रहरी थप्ने तयारी

२५ श्रावण २०६९, बिहीबार ०८:११ मा प्रकाशित

काठमाडौं, २५ साउन । गृहमन्त्रालयको संगठन तथा ब्यवस्थापन सर्वेक्षण टोलीले नेपाल प्रहरीमा एक हजार एक सय ३५ महिला दरबन्दी थप्ने सिफारिस गर्दै त्यससम्बन्धी प्रस्ताव अर्थमन्त्रालयमा पठाएको छ । महिला प्रहरी थप्न प्रधानमन्त्री बाबुराम भट्टराईले छ महिना अघि गरेको निर्देशन अनुसार प्रक्रिया अघि बढाइएको सम्बन्धित अधिकारीहरुले बताएका छन् । हालसम्म नेपाल प्रहरीमा २ डीआइजी सहित ३ हजार पाँच सय ८८ महिला प्रहरी कार्यरत छन् ।

महिलाका मुद्दामा महिला प्रहरीलाई नै खटाउने योजना भएकाले दरबन्दी थप्न लागिएको प्रहरी प्रवक्ता डिआइजी विनोद सिंहले बताए । उनले भने, ुहिंसापीडित महिलाले पुरुष प्रहरीलाईभन्दा महिलालाई आफ्ना समस्या बढी खुलेर बताउन सक्छन् ।ु
गृह मन्त्रालयका प्रवक्ता शंकरप्रसाद कोइरालाले चाहिं त्रीवर्षीय योजनाअन्तरगत दरबन्दी थप्न लागेको जनाउंदै प्रशासन सुदृढीकरण योजनाअन्तर्गत प्रहरीमा महिलाको संख्या बढाउन लागिएको प्रस्ट्याए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन

काठमाडौं ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पालिका तहको अधिवेशन सम्पन्न हुने चरणमा छ । अहिलेसम्म ६४ जिल्लामा वडा तहको अधिवेशन र

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

काठमाडौँ । सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित