प्रधानमन्त्री ओलीद्वारा टेलिप्रिन्जेन्समार्फत मन्त्रिपरिषद् बैठकको अध्यक्षता

१० भाद्र २०७६, मंगलवार ०२:२१ मा प्रकाशित

काठमाडौँ, ९ भदौ । स्वास्थ्य परीक्षणका लागि सिङ्गापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको प्रयोग गरी टेलिप्रिन्जेन्समार्फत आज मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्नुभएको छ ।

नेपालको इतिहासमै पहिलो पटक प्रयोग भएको यस प्रकारको अभ्यासका लागि यसअघिको मन्त्रिपरिषद्को बैठकले कार्यविधि परिवर्तन गरी प्रधानमन्त्री विदेशमा वा अनुपस्थित रहँदा भिडियो कन्फरेन्समार्फत बैठकको अध्यक्षता गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री ओली यही भदौ ५ गते त्यसतर्फ जानुभएको थियो ।

प्रधानमन्त्रीको अनुपस्थितिमा उहाँले गर्ने दैनिक प्रशासनिक कामको कार्यभार सम्हाल्ने जिम्मेवारी तोकिनुभएका कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चलेको बैठकमा प्रधानमन्त्री ओलीलाई कार्यसूचीबारे जानकारी गराएर आवश्यक निर्देशन लिनुभएको थियो ।

यसैबीच, बैठकपछि ट्विट गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र प्राविधिकको सहयोगमा टेलिप्रिन्जेन्समार्फत बैठक सम्पन्न भएकामा सम्बन्धित सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । मन्त्रिपरिषद्का निर्णयबारे हरेक बिहीबार नेपाल सरकारका प्रवक्ताले सार्वजनिक जानकारी दिनुहुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक काेइरालाले पार्टी सभापति शेरवहादुर देउवाकाे गृहजिल्ला डडेल्धुरामा पुन अधिवेशनकाे सम्भावना नभएकाे बताएका छन। संस्थापनइतरका