फ्रान्सकी प्रथम महिलाबारे ब्राजिलियाली राष्ट्रपति बोल्सोनाराको भनाई ‘अभद्र’ : राष्ट्रपति म्याक्रोँ

१० भाद्र २०७६, मंगलवार ०२:१८ मा प्रकाशित

बिआरिट्स, फ्रान्स, ९ भदौ (एएफपी)। फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले प्रथम महिला ब्रिगिटीबारे ब्राजिलका राष्ट्रपतिले गरेको टिप्पणी ‘असाधारणरूपमा अभद्र’ भएको प्रतिक्रिया दिनुभएको छ ।

“ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले फ्रान्सका प्रथम महिला, मेरी पत्नी ब्रिगिटीबारे केही ‘असाधारण तथा अभद्र’ टिप्पणी गर्नुभएको छ,” राष्ट्रपति म्याक्रोँले पत्रकारसँग आक्रोश व्यक्त गर्नुभएको छ ।

बिआरिट्समा गरिएको पत्रकार सम्मेलनमा राष्ट्रपति म्याक्रोँलाई ब्राजिलियाली सरकारद्वारा ब्रिगिटीबारे गरेको पछिल्लो टिप्पणीबारे पत्रकारले सोधेको प्रश्नमा उक्त कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “मैले के भन्नसक्छु । यो दुःखद छ । यो पहिले उहाँ (बोल्सोनारो) र ब्राजिलियाली जनताका लागि नै दुःखद कुरा हो ।”

गत हप्ताको अन्त्यतिर ब्राजिलका राष्ट्रपतिले एक प्रसङ्गमा आफ्नी पत्नीजति असल ब्रिगेटी नभएको भनाइ फ्रान्समा निकै आलोचित बनेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

ढाका । बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनीपछि

कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले शुक्रबार ‘राजनीतिक र व्यक्तिगत मुद्दा’ कारण देखाउँदै राजीनामा दिनुभएको छ । विदेशी विनिमय सङ्कट

काबुल । अफगानिस्तानको सत्तामा पुगेको तालिवानले छिमेकी मुलुक चीनसँगको सम्बन्ध सुधार गर्दै अघि बढ्ने चाहना व्यक्त गरेको छ । तालिवानका

अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गएको बीबीसीले जनाएको छ । विष्फोटपछि