पर्यटनमन्त्रीको एक वर्षे योजनाः निगम सार्वजनिक कम्पनी, संसारभरका पर्यटनमन्त्री नेपाल ल्याउने 

९ भाद्र २०७६, सोमबार १५:५१ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ९ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपालको उड्ययन क्षेत्रलाई चालु आर्थिक वर्षभित्र युरोपिएन युनियनको कालोसूचीबाट हटाईने बताएका छन् । वर्षदिन भित्र आफूले गर्ने कामको सूची सार्वजनिक गर्दै मन्त्री भट्टराईले इयुको कालोसूचीबाट हट्न उनीहरुले तोकेका मापदण्ड पूरा गर्न सरकार तयार रहेको बताए ।

वार्षिक कार्ययोजना प्रस्तुत गर्दै उनले नेपाल वायु सेवा निगमलाई सार्वजनिक कम्पनी बनाउने समेत बताएका छन् । उनले पर्यटन क्षेत्र सुधारका लागि नितीगत व्यवस्था सुधार गरिने बताए ।

काठमाडौँमा रात्रीकालिन सम्पदा पदयात्रा सुरु गर्ने, तिलौराकोट र पाथिभरलाई विश्वसम्पदा सूचीमा सुचिकृत गराउन पहल सुरु गर्ने र सन् २०१९ को डिसेम्बरमा संसारभरका पर्यटनमन्त्रीको भेला काठमाडौँमा गरिने बताए । सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण २०२० को सुरुवाता २०२० को जनवरी १ मा संसारभरका मन्त्रीको उपस्थितीमा गरिने मन्त्रीले महत्कांक्षी योजना सुनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे

काठमाडौं । तेस्रो राष्ट्रिय महाधिबेसनको तयारी रहेको नेपाल परिवार दलले देशलाई समृद्धिको दिशामा अगाडि बढाउन शासकिय स्वरुप परिर्वतन गर्नका लागि