उपनिर्वाचन घोषणा गरेर कर्मचारी गर्नु सरुवा आचारसंहिता विपरितः कांग्रेस

९ भाद्र २०७६, सोमबार १५:१२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ९ भदौ । प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेसले उपचुनावको मिति घोषणा गरेर सरकारले कर्मचारी सरुवा गरेकोप्रति आपत्ति जनाएको छ । उपचुनावको मिति घोषणा भइसकेको अवस्थामा सरकारले कर्मचारी सरुवा गरेर निर्वाचन आयोगलाई प्रभावमा पार्न खोजेको कांग्रेसको आरोप छ ।

सोमबार बसेको संसदको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले ४ भदौमा ७६ सहसचिवलाई सरुवा गर्नु निर्वाचन आचारसंहिता विपरित रहेको भन्दै आपत्ति जनाईन् ।

उपचुनावको तयारीमा रहेको निर्वाचन आयोगका सहसचिवहरुको सरुवा भएको भन्दै कांग्रेस सचेतक भुसालले ‘प्रमुख प्रतिपक्ष सशशंकित भएको छ कि सरकारले निश्पक्ष निर्वाचन गर्न खोजेको हो कि होइन ?’ भनिन् ।

आयोगले उपचुनावको मिति आगामी मंसिर १४ को लागि तोकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

काठमाडौँ ।रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ । एमाले रूपन्देहीका

काठमाडौं।नेकपा (एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी

काठमाडौं। नेकपा (एमाले)ले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्दाहेर्दैमा रखिएको छ। न्यायाधीश दीपक कार्की