कार्यकर्तामाथि नेकपाको अंकुश, नेताको आलोचना गर्न प्रतिबन्ध

९ भाद्र २०७६, सोमबार १४:३१ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ९ भदौ । सत्तारुढ नेकपाले शीर्ष नेताहरुमाथि व्यक्तिगत टिप्पणी गर्न नेता तथा कार्यकर्तालाई प्रतिबन्ध लगाएको छ । सोमबारको सचिवालय बैठकले नेता तथा कार्यकर्तामाथि व्यक्तिगत असन्तुष्टि भए वा उठाउनुपर्ने विषय भए प्रक्रियागत रुपमा पार्टीभित्रै छलफलको विषय बनाउनुपर्ने निर्णय गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले कार्यकर्तालाई अनुशासित बनाउन यस्तो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अब नेकपाका संगठित कार्यकर्ताले पार्टी नेताको बारेमा सार्वजनिक टिप्पणी गरे स्पष्टिकरण सोधिने र कारबाही गर्ने निर्णय भएको उनले बताए ।

‘हाम्रो पार्टीको नेता कार्यकर्ता वा अन्य कुनै कमरेडको बारेमा पार्टीको केन्द्रदेखि तलसम्म कुनै कमरेडले कुनै कुरा व्यक्तिगत रुपमा उठाउनुपरेमा त्यसलाई पार्टीभित्र उठाउनुपर्नेछ, पार्टीभित्र छलफलको विषय बनाउनुपर्नेछ’ बैठकपछि पत्रकारसँग श्रेष्ठले भने ‘यसलाई सार्वजनिक रुपमा लगिएमा स्पष्टिकरणको प्रक्रिया अघि बढाउँदै आवश्यक कारबाही गरिनेछ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन तालिका हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ

बेलकोटगढी । नुवाकोट बेलकोटगढी नगरपालिकालाई नेपाली कांग्रेसको १४ औं महाअधिवेशनले छप्पकै छोपेको छ । अधिवेशन नजिकिंदै गर्दा नगरसभापतिमा लेखनाथ मुडबरी

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो । विसं २०२३ मा विद्यार्थी