सगरमाथा नपुग्ने सम्पर्क अधिकृतसँग विभागद्धारा स्पष्टीकरण माग

९ भाद्र २०७६, सोमबार १४:११ मा प्रकाशित

काठमाडौँ, ९ भदौ । पर्यटन विभागले सगरमाथा आरोहणका क्रममा सम्पर्क अधिकृत भएर खटिएका तर काममा नगएका १५ जना कर्मचारीसँग स्पष्टीकरण सोधेको छ । सम्बन्धित जिम्मेवारमिा नगएका कर्मचारीमाथि कारवाही सुरु गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मन्त्रालयले भदौ १ गते विभागलाई दिएको निर्देशन अनुसार विभागले स्पष्टिकरण सोधेको हो ।

१५ दिनभित्र तोकिएको स्थानमा जान नसक्नुको कारण सहित स्पष्टीकरण बुझाउन विभागले भनेको छ । विभागकी निर्देशक मीरा आचार्यका अनुसार वसन्त ऋतुमा ३७ जना सम्पर्क अधिकृतलाई सगरमाथामा खटाइएको थियो । तर उनीहमध्ये २२ जना मात्र सम्पर्क अधिकृतका रुपमा सगरमाथामा पुगेका थिए ।

१५ जनाले भने तोकिएको स्थानमा नपुगि भत्ता बुझेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको