भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषदको बैठक

९ भाद्र २०७६, सोमबार १३:३७ मा प्रकाशित

काठमाडौँ, ९ भदौ । नेपालको इतिहासमै पहिलोपटक भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषदको बैठक बसेको छ । स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उतैबाट नेपालमा रहेका मन्त्रीहरुलाई सम्बोधन गर्दैछन् ।

अघिल्लो हप्ताको बैठकले नेपाल सरकार (कार्यसम्पादन नियमावली) २०६४ मा संशोधन गरी प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको अवस्थामा समेत भिडिओ कन्फरेन्सिङ मार्फत बैठक बस्न सक्ने व्यवस्था गरेको थियो । यसअघि प्रधानमन्त्रीको अनुपस्थितिमा आपतकालीन अवस्थामा मात्रै मन्त्रीपरिषद् बैठक बस्ने व्यवस्था थियो ।

तर अहिले भने नियमित बैठक नै बस्न लागेको हो । भिडियो कन्फेरेन्सबाट सहभागी हुँदा गर्नैपर्ने नियमित काम नरोकिने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे