टिपरले ३ वटा मोटरसाईकललाई ठक्कर दिँदा एकको मृत्यु

९ भाद्र २०७६, सोमबार ०८:५० मा प्रकाशित

काठमाडौँ, ९ भदौ । काठमाडौँको सिनामङ्गलमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनमा परी अन्य चारजना घाइते भएका छन् । सिनामङ्गल कार्गो कार्यालय अगाडि आइतबार राति तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको बा२ख ४३१७ नम्बरको टिपरले बा८५प ५६९, बा३८प २३९३ र ना४३प ८७३५ नम्बरको तीनवटा मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा बा३८प २३९३ नम्बरको मोटरसाईकलका चालक पासाङ भोटे रहेका छन् ।

बा ८५ प ५६९ नम्बरका चालक छाङवुङ भोटे, ना ४३ प ८७३५ नम्बरका चालक प्रमोद धिताल भने गम्भीर घाइते भएकाले काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको छ । यस्तै घाइते सिसम वाग्ले र प्रवीन धितालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले तीव्र गतिमा आएको टिपरले तीनवटा मोटरसाइकललाई एकैपटक ठक्कर दिएको जानकारी दिए । चालकलाई भने नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको