नेकपामा प्रचण्ड आफ्नो सक्रियता बढाउँदै, बोलाए सचिवालय बैठक

८ भाद्र २०७६, आईतवार १९:२० मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ८ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठक बोलाएका छन् । प्रधानमन्त्री एवम् पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली उपचारको लागि सिंगापुरमा रहेको बेला बैठक बोलाउने अधिकार पाएका दाहालले आफूलाई सक्रिय बनाउँदै बैठक बोलाएका हुन् ।

प्रचण्डले भोलि सोमबार १ बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाएका हुन् । बैठकमा महानगर इन्चार्ज तथा सहईन्चार्जका साथै प्रवास कमिटीबारे छलफल हुने बताईएको छ ।

आजमात्रै अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे