कांग्रेसले हस्तक्षेप गरेर नेवि संघको नयां महाधिवेशन मिति तोकिदिने

२५ श्रावण २०६९, बिहीबार ०७:२७ मा प्रकाशित

काठमाडौं, २५ साउन । नेपाल विद्यार्थी संघको महाधिवेशन विवादबारे संस्थापन र असन्तुष्ट पक्षबीच विवाद भइरहंदा माउ पार्टी नेपाली कांग्रेसले हस्तक्षेप गर्ने भएको छ । अध्यक्ष रन्जित कर्ण र असन्तुष्ट खेमाका केन्द्रीय सदस्य ऋषिकेश जंग शाहले महाधिवेशनको छुट्टाछुट्टै मिति घोषणा गरेका थिए । कांग्रेसका विद्यार्थी विभाग प्रमुख नवीन्द्रराज जोशीले एक साताभित्रै दुबै पक्षलाई सहमतिमा पुर्याएर महाधिवेशनको नयां मिति सार्वजनिक गराइने दाबी गरे । उनले भने– ‘दुबै पक्षले घोषणा गरेको समयमा महाधिवेशन हुंदैन, पार्टीले नयां मिति तोक्छ ।’
सैद्धान्तिक रुपमा दुवै पक्षबीच कुनै मतभेद नभए पनि वरियताक्रममा समस्या देखिएको जोशीले स्वीकार गरे । दुबैपक्षसंग छुट्टाछुट्टै छलफल जारी रहेको र अर्को सातासम्ममा संयुक्त पत्रकार सम्मेलन गरी महाधिवेशन तयारी समिति घोषणा हुने उनले जानकारी दिए ।
नेवि संघको संस्थापन पक्षले पुस २५ देखि २७ र असन्तुष्ट खेमाले पुस १६ देखि १८ गतेसम्म महाधिवेशनको घोषणा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक काेइरालाले पार्टी सभापति शेरवहादुर देउवाकाे गृहजिल्ला डडेल्धुरामा पुन अधिवेशनकाे सम्भावना नभएकाे बताएका छन। संस्थापनइतरका