सुनको भाउले बनायो नयाँ रेकर्ड

८ भाद्र २०७६, आईतवार १२:१२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ८ भदौ । साताको पहिलो दिनमा नै सुनको भाउ प्रतितोला एक हजार दुई सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो तीन दिनको कारोबारमा स्थिर देखिएको सुनको मुल्य आइतबार १२ सयले बढेर हालसम्मकै उच्च मूल्य तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य तोलामा १२०० रुपैयाँले बढेर ७२ हजार ५०० पुगेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ७२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि निरन्तर उकालो लागिरहेको छ । आइतबार चाँदीको मूल्यमा प्रतितोला २० रुपैयाँले बढेर ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक

काठमाडौं । नेपाल र बङ्गलादेशले संयुक्त रुपमा ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो अर्धजलाशयुक्त आयोजना निर्माण गर्ने भएका छन् । आगामी

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ सार्वजनिक