वैदेशिक रोजगार अभिमुखीकरण दिने संस्थाको धरौटी चार गुणाले बढ्यो

८ भाद्र २०७६, आईतवार ०८:२० मा प्रकाशित

काठमाडौँ, ८ भदौ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अभिमूखीकरण तालिम दिने संस्थाको धरौटी रकम बढेको छ । यसअघि १ लाख रुपैयाँ धरौटी राखेर सञ्‍चालन भएका संस्थाले अब ५ लाख रुपैयाँ धरौटी पुर्‍याउनुपर्ने भएको छ।

वैदेशिक रोजगार (पाँचौ संशोधन) नियमावली, २०७६ ले धरौटी ५ लाख पुर्याउनुपर्ने व्यवस्था गरेको हो । यही आर्थिक वर्षदेखि नवीकरण गर्दा नै पछिल्लो व्यवस्थाअनुसारको धरौटी राख्नुपर्ने वैदेशिक रोजगार विभागका निर्देशक तथा प्रवक्ता भोलानाथ गुरागाईंले जानकारी दिए ।

त्यसैगरि अभिमूखिकरण तालिम सञ्चालन गर्ने संस्थाले हरेक वर्ष नवीकरण गर्दा लाग्ने शुल्क पनि दोब्बर पारिएको छ । यसअघि ५ हजारमा नविकरण हुने व्यवस्था रहेकोमा अब १० हजार लाग्ने भएको छ ।

त्यस्तै एकाघरका परिवारले एकभन्दा बढी संस्था चलाएको पाइएमा त्यस्ता संस्था नवीकरण नहुने भएका छन् । नयाँ दर्ता पनि एकभन्दा बढी नगर्ने र सञ्चालनमा रहेको भएपनि खारेज गर्ने व्यवस्था नियमावलीमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको