हिरासतमै रबीको अन्तरवार्ता लिनेलाई कारबाही हुन्छः प्रहरी

७ भाद्र २०७६, शनिबार १५:४७ मा प्रकाशित

चितवन, ७ भदौ । पत्रकार सालिकराम पुडासैनीको हत्या प्रकरणमा छानबिनका लागि हिरासतमा रहेका टेलिभिन प्रस्तोता रबी लामिछानेको अन्तरवार्ता सार्वजनिक गर्नेलाई चितवन प्हरीले कारबाही गर्ने जनाएको छ । हिरातका क्रममा आफूले प्रहरीबाटै असुरक्षित महशुस गरेको भन्दै रबीको अडियो अन्तरवार्ता सार्वजनिक भएपछि प्रहरी दोहोरो तनावमा परेको छ ।

चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले हिरासतमा भएको व्यक्तिको अन्तरवार्ता लिएर सार्वजनिक गर्नेलाई कारबाही गर्ने चेतावनी दउिका छन् । अनुसन्धानकै क्रममा रहेको व्यक्तिको अडियो, भिडियो अन्तरवार्ता सार्वजनिक गर्न नपाइने भन्दै कानुन अनुसार कारबाही गरिने बताएका हुन् । कस्ले, कसरी रु अन्तरवार्ता लिएर सार्वजनिक गर्यो भन्नेबारे अनुसन्धान थालिने एसपी मल्लको भनाइ छ ।

रबी लामिछानेलाई हिरासतमा भेट्न गएका एक पत्रकारले अडियो अन्तरवार्ता लिएर युट्युव च्यानलमार्फत सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन तालिका हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार