गैरसैनिक व्यक्तिलाई सैनिक ‘कम्ब्याट ड्रेस’ लगाउन निषेध

७ भाद्र २०७६, शनिबार ११:१७ मा प्रकाशित

रासस, ७ भदौ । जिल्ला प्रशासन कार्यालय डोटीले एक परिपत्र जारी गरी जिल्लाका गैरसैनिक व्यक्तिलाई सैनिकले लगाउनेखालका पोशाक ‘कम्ब्याट ड्रेस’ लगाउन निषेध गरेको छ ।

जिल्लामा अधिकांशले त्यस्तो पोशाक लगाउने गरेकाले उक्त पोशाक नलगाउन प्रशासनले सबैमा आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले गैरसैनिकलाई कम्ब्याट पोशाक लगाउन निषेध गरिएकाले यसलाई कडाइका साथ लागू गर्न जिल्लाका नौ वटै स्थानीय तहका प्रमुख प्रशाकीय अधिकृतलाई निर्देशनसहितको पत्राचार गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।
उनले भने, “जिल्लामा ‘कम्ब्याक्ट’ पोशाक लगाउने गरेको देखिएकोले रोकथामका लागि पत्राचार गरेका छौँ, अटेर गर्नेलाई कारवाही हुनेछ ।”

नेपाली सेनाका सकल दर्जाले लगाउने सैनिक पोशाक स्थानीय बजारमा सहजरुपमा बिक्री वितरण हुने हुँदा गैरसैनिकले व्यक्तिले ‘फेशन’का रूपमा उक्त पोशाक प्रयोग गरेकाले यसलाई निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । केही महीना पहिले गृह मन्त्रालयले गरेको परिपत्रअनुसार जिल्लामा गैरसैनिक नागरिकलाई ‘कम्ब्याट’ पोशाक लगाउन निषेध गरिएको यो पहिलोपटक हो । जिल्लाका विभिन्न बजारका पसलमा रहेका त्यस्ता पोशाक खरीद गरेको ठाउँमै फिर्ता गर्न व्यवसायीलाई समेत प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको